‘नवनागरिक’ को वर्चस्व बढदो, ९५ प्रतिशत भारतीय


प्रकाशित मिति : मंसिर २, २०७३ बिहीबार

भारतीयलाई नेपाली नागरिकता बनाउन सिफारिस गरेको पाइएपछि पूर्वकृषि राज्यमन्त्री करिमा बेगमलाई पर्सा जिल्ला अदालतले गत वर्ष साउन २८ गते २० हजार रुपैयाँ जरिवाना फैसला गर्‍यो । बेगमले भारत विहार सुगाहाकी रामकुमारी देवीलाई नेपाली नागरिकता दिलाउन सिफारिस गरेकी थिइन् । पहिलो संविधानसभामा पर्सा १ बाट निर्वाचित बेगम हाल संघीय समाजवादी फोरम नेपालकी केन्द्रीय सदस्य हुन् ।

२०६३ चैत १८ मा रामकुमारी देवीले पर्साको हरपतगन्ज–६ बाट लिएको नागरिकतामा बेगमले सनाखत गरेको प्रमाणित भएको थियो । झूटो विवरण दिई रामकुमारी देवीले कृष्णकुमारीको नामबाट लिएको नागरिकता बदर गर्ने फैसला अदालतले गरेको छ । एक नम्बर इजलासका न्यायाधीश भोलाप्रसाद चौलागाइँले नागरिकता ऐन २०६३ को दफा २१ को ३ बमोजिम कसुर गरेको देखिएको उल्लेख गर्दै उक्त फैसला गरेका थिए ।

जसअनुसार चनरदेव यादवलाई ७५ हजार रुपैयाँ र करिमा बेगमसहित ७ जनालाई जनही २० हजार रुपैयाँ जरिवाना फैसला भएको थियो । प्रतिवादीमध्येका भारतीय नागरिक रामकुमारी देवी, जलेश्वर यादव, विनय यादव र कृष्ण यादव हाल फरार छन् । इजलासका मुद्दा शाखाका अनुसार फरार भारतीय नेपाली सीमाभित्र पक्राउ परेमा कानुनबमोजिम सजाय हुने फैसलामा उल्लेख गरिएको कान्तिपुरमा खबर छ ।

२०६४ माघ १८ गते पर्सा प्रहरीसँग भएको दोहोरो मुठभेडमा वीरगन्ज उपमहानगरपालिका–३ स्थित जिल्ला शिक्षा कार्यालयनजिकै ३ जना मारिएका थिए । जसमध्ये सीमावर्ती भारत विहारको मैनाटारका बमबहादुर महतो र सञ्जय पटेलले पर्साको हरिहरपुर–४ बाट नेपाली नागरिकता बनाएको फेला परेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भारतका कुख्यात अपराधी अली असरफ अन्सारी, निरन्जन होजाई र बंगलादेशका अपराधी हासिम आलमलगायत २५ जनाभन्दा बढीले नेपाली नागरिकता लिएको सार्वजनिक भइसकेको छ । गृह मन्त्रालयका अनुसार २०५५ यता गैरकानुनी रूपमा गैरनेपालीले लिएको नागरिकता रद्द गरिएकामध्ये ९५ प्रतिशत भारतीय छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com