साउन १२ देखि अमेरिकी सहयोगमा ‘सिंहदरवार २’, गौरी मल्लको मूख्य रोल (भिडियो )


प्रकाशित मिति : श्रावण ११, २०७५ शुक्रबार

अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग युएस्एआइडीको सहयोगमा सर्च फर कमन ग्राउन्ड नेपालले शुभ मिडिया होमसँगको साझेदारीमा उत्पादन गरेको वहुप्रतिक्षित टेलिश्रृंखला ‘सिंहदरवार २’ को प्रसारण साउन १२ गते शनिबारदेखि हुन लागेको छ । नेपाल टेलिभिजनबाट हरेक शनिबार साँझ ८ : ५० देखि ९ः३० बजेसम्म प्रसारण हुने टेलिश्रृंखला ‘सिंहदरबार २’ १३ भागको रहेको छ । दिगो विकास लक्ष प्राप्तिका लागि सर्च नेपालले नेपालस्थित संयुक्तराष्ट्र संघसँग सहकार्य गरेको छ । यसै सहकार्य अनुरुप टेलि श्रृंखलाले दिगो विकास लक्ष प्राप्ति सम्बन्धि सकारात्मक सन्देश प्रवाह गर्नेछ ।

टेलिश्रृंखलाको यो सिजन, संघीय संरचनामा जाँदा नेपालले सामना गर्ने चुनौति र अवसरहरुमा केन्द्रित गरिएको छ । टेलिश्रृंखलाले काँचको पर्दामा नेपालको पहिलो प्रथम महिला प्रधानमन्त्री आशा सिँहको राजनीतिक यात्रालाई निरन्तरता दिएको छ । आशा सिंहको भुमिका नेपालकी चर्चित अभिनेत्री गौरी मल्लले निर्वाह गर्नु भएको छ । यो सिजनमा नेपालमा संघीय संरचना त्यससँग सम्बन्धित नीति र योजनालाई सफलतापूर्वक कार्यान्वयन गर्न प्रधानमन्त्री आशा सिंह कसरी सफल हुन्छिन् भन्ने कुरा देखाइएको छ । यसका साथै मानव वेचविखन, विपद् व्यवस्थापन, यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार जस्ता मुद्दालाइ पनि समेटिएको छ । यो टेलिश्रृंखलाले सरकार र नागरिकबीचको खाडललाई कम गर्न तथा संघियता र सुशासनको बारेमा जनचेतना अभिवृद्धि गर्न पुलको काम गर्ने विश्वास गर्नुहुन्छ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलिया ।

नवीन सुव्वाले निर्देशन गरेको यो टेलिश्रृंखलामा रमेश रन्जन झा, प्रमोद अग्रहरी, रमेश बुढाथोकी, आलोक थापा, बादल भट्ट, देशभक्त खनाल, प्रकास घिमिरे, हेमन्त चालिसे, प्रभात रिमाल, सुरेश चौधरी, सविना गोपाली र रेम विक लगायतले अभिनय गर्नुभएको छ । टेलिश्रृंखला ‘सिंहदरवार २’ को पटकथा लेख अविनास विक्रम शाह र छिरिङ्ग छोडेनको नेतृत्वमा प्रविण अधिकारी, सम्पदा मल्ल तथा सुरज पौडेलले गर्नुभएको छ । पटकथा लेखन टोलीलाई कार्यकारी निर्माता युवाकरराज राजकर्णिकारले मार्गनिर्देशन गर्नुभएको छ । टेलिश्रृंखला ‘सिंहदरवार २’ का निर्देशक नवीन सुब्बा भन्नुहुन्छ, “यस श्रृंखलामा हामीले नागरिकको अपेक्षा पूरा गर्ने संकल्प लिएकी प्रधानमन्त्री आशा सिंहको राजनीतिक यात्राका साथै उनको मानवीय संवेदनालाई पनि आकर्षक ढंगले प्रस्तुत गरेका छौं ।“

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसका साथै, टेलिश्रृंखला ‘सिंहदरवार २’ को प्रवर्धनका लागि सर्च नेपालले अमेरिकास्थित नेपाल अमेरिका फिल्म सोसाइटीसँग पनि साझेदारी गरेको छ । टेलिश्रृंखला ‘सिंहदरवार २’ लाई विभिन्न पृष्ठभूमिका दर्शकहरुका माझ पुर्याउन अनलाईन स्टोर ‘सस्तो डिल’, ‘नाना ग्रुप अफ कम्पनिज’ र ‘स्प्यारो एसएमएस’सँग पनि सहकार्य गरिएको छ ।
सर्च फर कमन ग्राउन्डका राष्ट्रिय निर्देशक भोलाप्रसाद दाहाल भन्नुहुन्छ, “नेपालमा सुशासन र सहकार्यात्मक नेतृत्वका लागि मार्गचित्रका रूपमा प्रस्तुत गरिएको टेलिश्रृंखला ‘सिंहदरबार’ ले सहकार्यात्मक संस्कारको प्रवर्धनमा जोड दिन्छ । नागरिक र जनप्रतिनिधिहरुको सहकार्यमा टेलिश्रृंखला ‘सिंहदरबार’लाई मुलुकको हरेक तहसम्म पुर्याउन हामीले विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्था तथा निकाय एवं निजी क्षेत्रसँग साझेदारी गरेका छौं ।

टेलिश्रृंखला ‘सिंहदरबार’सँग सम्बन्धित थप जानकारी तथा अन्तरवार्ताका लागि मिडिया म्यानेजर प्रकाश लुईटेल र प्रोग्राम डेभलपमेन्ट एण्ड कम्युनिकेशन सिनियर कोअर्डिनेटर आयुष जोशीलाई सम्पर्क गर्न सकिनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com