बोस्टनमा ‘अन्जु पन्त सुमधुर सन्ध्या’ भव्य, आम्दानी समाजसेवामा


प्रकाशित मिति : श्रावण ११, २०७५ शुक्रबार

अमेरिकाको बोस्टनमा ‘अन्जु पन्त सुमधुर सन्ध्या बोस्टन’ भव्य रुपमा सम्पन्न भएको कार्यक्रम संयोजक सुरेश वाग्लेले जानकारी  दिएका छन् ।  बोस्टनको आर्लिंगटन शहरको ‘रिजेन्ट थिएटर’सम्पन्न उत्त सुमधुर सन्ध्यामा बोस्टन आसपासका नेपालीहरूको वाक्लो उपस्थिति रहेको थियो।

गायिका अन्जु पन्तको तेस्रो एकल गायन साँझका रूपमा सम्पन्न सुमधुर सन्ध्यामा उनले ‘न बिर्सें तिमीलाई’, ‘पूर्व पश्चिम रेल’, ‘सुर्के थैली खै’, ‘म यस्तो गीत गाउँछु’, ‘भन्छु आज’, तिमी रोएको पल’ ‘दिल यो मेरो दिल’  लगायत दुई दर्जन गीत गजल सुनाएर साङ्गीतक साँझलाई भव्य र सभ्य बनाएकी थिइन्।

गायिका अन्जुको उक्त एकल साझमा सारङ्गीमा श्याम नेपाली, तवलामा सागर खतिवडा, बाँसुरीमा रञ्जन बुढाथोकी, ढोलकमा राज कपुर, ड्रममा उज्वल धौभडेल, किवोर्डमा अनुप भण्डारी, गीतारमा शैलेन्द्र सिंह, गीतारमा शुसिल घिमिरे, मादलमा अनुभव थपलियाले र प्रविन परियारले गायनमा साथ दिएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आधुनिक र पाश्र्वगायनमा ख्याती प्राप्त गायिका अन्जुको अमेरिकामा यो नै पहिलो एकल गायन साँझ हो। कार्यक्रममा गायिका अन्जु पन्तलाई हिमालयन हेरिटेज कल्चरल एकेडेमीका अध्यक्ष सुरेश वाग्ले र ग्रेटर बोस्टन नेपाली कम्युनिटीका अध्यक्ष विष्णुमणी अाचार्यले सम्मान समेत गरेका थिए । हिमालय हेरिटेज कल्चरल एकडेमीको आयोजनामा सम्पन्न उक्त कार्यक्रम निकै उत्कृष्ट भएकोमा आफू निकै खुसी भएको गायिका अन्जुले  बताइन्।

विगत केही बर्ष यता ‘अन्जु पन्त फाउन्डेसन’ नामक सामाजिक संस्थामार्फत् समाजसेवामा आवद्ध अन्जुले उक्त आयोजित एकल साँझबाट प्राप्त आम्दानीलाई पनि उक्त फाउन्डेसन मार्फत् सामाजिक सेवमा नै प्रयोग गर्ने अठोट समेत गरिन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com