कोरियाको दुई अन्तर्राष्ट्रिय नाटक महोत्सवमा नेपालबाट रङ्गकर्मी केदार श्रेष्ठको प्रस्तुति


प्रकाशित मिति : श्रावण ८, २०७५ मंगलबार

रङ्गकर्मी केदार श्रेष्ठले कोरियाको दुई अन्तर्राष्ट्रिय नाटक महोत्सवमा आफ्नो प्रस्तुति मञ्चन गर्नुभएको छ । उहाँले ‘पुम थिएटर फेस्टिभल २०१८’ र ‘आसितेज कोरिया इन्टरनेशनल समर थिएटर फेस्टिभलमा आफ्नो एकल नाटक ‘चन्द्र–सूर्य र काग’ मञ्चन गर्नुभएको हो ।

अंग्रेजीमा ‘मिस्टर मुन, मिस सन एण्ड मिसेस क्रो’नाम दिइएको सो एकल प्रस्तुति एक महिने एसियन आर्टिस्ट रेसिडेन्स कार्यशालामा क्रममा तयार पारिएको हो । मिन्डुले थिएटर र फेस्टिभल पुमको निर्देशक सङ्ग इन्ह्युनको सुपरिवेक्षेणमा कोरियाली प्रशिद्ध लोकथामा नेपाली पात्र र परिवेश थपेर श्रेष्ठले नाटक निर्देशन साथै अभिनय गर्नुभएको हो ।

‘एसियन आर्टिस्ट रेसिडेन्स फर चिल्ड्रेन्स थिएटर २०१८’मा नेपालबाट प्रतिनिधित्व गर्दै ‘आसितेज नेपाल’को तर्फबाट सहभागी भएका केदार श्रेष्ठ थिएटर सेन्टर फर कोरियाको लोकप्रिय लोककथामा नेपाली पात्र र परिवेश थपिएको छ । नेपालमा शुभ समाचारको प्रतीकको रुपमा लिइने कागलाई थप्दै नेपाली लोक भाका समेत समावेश गरिएको थियो ।

आमाको पर्खाइमा रहेका भोका दाजु र बहिनीले छट्टु बाघसँग गरेको संघर्ष कथामा छ । उनीहरुलाई यो संघर्षमा कागले निरन्तर साथ दिन्छ । नेपाली परिवेशमा ढाल्ने क्रममा कोरियाली लोककथामा भन्दा फरक रुपमा मृत्युपर्यन्त पनि आमाले आफ्ना छोराछोरीलाई क्रुर बाघको घेराबाट बचाएको कथा प्रस्तुतिमा छ । आमाले जोगाएर आकाशमा पुगेका दाजु बहिनी अन्ततः चन्द्र र सूर्य बन्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दाजु, बहिनी, आमा, बाघ र काग गरी ५ पात्र रहेको यस कथामा श्रेष्ठले एकल प्रस्तुतिको परिकल्पना गरेका छन् । समग्रमा यो माया, ममता, सहयोग, संघर्ष र खुशीको कथा हो ।

कोरियाको गेयोगीं प्रान्तस्थित मिन्डुले थिएटर भिलेजमा हुने बालबालिका र अभिभावकमा केन्द्रित नाट्य महोत्सव ‘फेस्टिभल पुम’को यो १० औं संस्करण हो । त्यस्तै बाल रङ्गमञ्चको अन्तर्राष्ट्रिय छाता संगठन आसितेजको कोरिया सेन्टर ‘आसितेज कोरिया’ले ‘इन्टरनेशनल समर थिएटर फेस्टिभल’को यो वर्ष २६ वर्षदेखि गर्दै आएको छ ।

कोरियन आर्ट काउन्सिलको सहकार्यमा गरिएको एसियन आर्टिस्ट रेसिडेन्समा कोरिया, नेपाल, भारत, फिलिपिन्स, श्रीलंका र पाकिस्तानका गरी १० रङ्गकर्मी सहभागी थिए । थिएटर फेस्टिभलमा भने विश्वभरबाट विभिन्न देशका नाटकहरु मञ्चन भएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com