न्युयोर्कका गभर्नरबाट देशनिकाला सामना गरिरहेका ७ आप्रवासीलाई क्षमादान


प्रकाशित मिति : श्रावण ७, २०७५ सोमबार

न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले अमेरिकाबाट देशनिकालाको सामना गरिरहेका ७ जना आप्रवासीलाई क्षमादान दिएका छन् । क्षमादान दिनसक्ने अधिकारको उपयोग गर्दै कुमोले उनीहरुलाई अमेरिकाबाट देशनिकाला हुन नपर्नेगरी क्षमादान दिएका हुन् ।

बर्षौं अगाडिका सामान्य अपराधको आधारमा उनीहरुले देशनिकालाको सामना गरिरहेका थिए । सातै जनालाई समुदायलाई बुझाइएको कुमोले वक्तब्यमार्फत जानकारी दिएका छन् ।

कुमोले आफ्नो विशेषाधिकारको प्रयोग गर्दै क्षमदान दिएको यो तेश्रो पटक भएको जनाइएको छ । गत डिसेम्बरमा पनि कुमोले १८ कागजपत्रविहिनहरुसहित ६१ जनालाई क्षमादान दिएका थिए ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति कागजपत्रविहिन आप्रवासीहरुबिरुद्ध केन्द्रीत रहेको अवस्थामा कुमोको यस्तो निर्णय आएको हो । उनले आफूहरु आप्रवासीको रक्षाका लागि प्रतिबद्ध रहेको बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com