आज न्युयोर्कमा ‘कान्छी’का दुई शो, श्वेता खड्कासँगै हेर्न पाइने


प्रकाशित मिति : श्रावण २०, २०७५ आईतबार

श्वेता खड्काको निर्माण तथा अभिनय रहेको सुपरहिट चलचित्र ‘कान्छी’ न्युयोर्कमा पनि देखाइने भएको छ । श्रीकृष्ण श्रेष्ठको निधनपछि विक्षिप्त बनेकी श्वेता आफ्नै चलचित्र कान्छी बाट चलचित्र क्षेत्रमा फर्केकी हुन् ।

आज (अगस्त ५ आइतबार) न्युयोर्कको उडसाइडमा रहेको गुल्सन टेरेसमा चलचित्र प्रदर्शन गरिने विजय नकर्मीले जानकारी दिए । विहान ११ बजे र दिउसो २ बजे चलचित्रको प्रदर्शन गरिने छ भने टिकट शुल्क १५ डलर राखिएको छ ।

आकाश अधिकारी निर्दे्शित चलचित्रमा दयाहाङ राई, स्वेता खड्का, अनु शाह, कामेश्वर चौरसिया, बिनोद न्यौपाने, भूमिका श्रेष्ठ, आशान्त शर्मा, प्रज्वल सुजल गिरी लगायतको फिल्ममा मुख्य भुमिका रहेको छ । चलचित्रमा संगीत अर्जुन पोखरेलको, कोरियोग्राफी बसन्त श्रेष्ठको र एक्शन हिमाल केसीको रहेको छ भने चलचित्रलाई पुरुषोत्तम प्रधानले क्यामेरामा कैद गरेका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चलचित्रमा मुस्ताङका पर्यटकिय दृश्यहरु समेत हेर्न पाइने भएको छ । चलचित्रको न्युयोर्क प्रदर्शन भने एकीकृत माझी बस्ती सिन्धुपाल्चोकको सहयोगार्थ गर्न लागिएको हो । थप जानकारी वा टिकटका लागि विजय नकर्मीलाई ६४६ ८३३ ६४५६ मा सम्पर्क गर्न सकिनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com