को बन्ला मिस नेपाल युएस ? यी हुन् अन्तिम २१ प्रतिस्पर्धी (फोटो सहित)


प्रकाशित मिति : श्रावण ६, २०७५ आईतबार

नेपाल ११ इन्टरटेनमेन्टको व्यवस्थापनमा आगामी अगस्ट १९ मा अमेरिकाको टेक्सास राज्यको डालस शहरमा हुने छैठौं सस्करणको मिस नेपाल युएसको लागि अन्तिम २१ जना सहभागीहरु छानिएका छन् । प्रतियोगिता संयोजक अदिती खरेलले वक्तब्य जारी गर्दै २१ प्रतिस्पर्धीको नाम सार्वजनिक गरेकी हुन् ।

मिस नेपाल युएस छैठौं सस्करणको अन्तिम २१ जना सहभागीहरुमा अदिती श्रेष्ठ, आइशा ओझा, एन्जिला पौडेल, बर्षा बराल , बिएन्का अधिकारी, बिना श्रेष्ठ, दिलाशा नेउपाने , जया त्रीपाठी, कृती ढुङेल ,लाक्पा शेर्पा, नेलिया गुरुङ् , पोसा थापा ,प्रवेशिका खत्री, प्रियंका तिमल्सिना, सपना गौतम, सपना महर्जन, श्रेया नेपाली, सुजना रुपाखेती, सुकृती ढुङेल, सुशाना पोखरेल र स्वीकृति भट्टराई रहेका छन् ।

अमेरिकाको विभिन्न राज्यहरुबाट आएको ५७ आबेदन हरु मध्ये छानिएका अन्तिम २१ सहभागी हरुले आफ्नो व्यक्तित्व विकास गर्दै कार्यक्रममा आफ्नो प्रतिभा प्रदर्शन गर्ने आयोजकको भनाई छ ।

युवा शशक्तिकरण र नेपालको प्रबर्धन

सहभागीहरुले कार्यक्रमको बन्दसत्र भित्र व्यक्तित्व विकास, नेपाली कला, सस्कृति तथा पर्यटन विकास, महिला शशक्तिकरण र अधिकार लगाएतका बिषयमा तालिम पाउनुका साथै नेपाल र नेपाली को लागि भावी जीवनमा आफुले गर्ने कार्ययोजना पनि निर्माण गर्नेछन् ।

सन् २०११ देखि अमेरिकाको न्यू योर्क शहरबाट शुरु गरिएको मिस नेपाल युएस कार्यक्रमका संस्थापक अमेरिकामा चर्चित युवा नेपाली ईण्टरप्रेनर अमित शाहका अनुसार युवा शशक्तिकरण र नेपालको मूल प्रबर्धन नाराको साथ आयोजना गर्न लागिएको यस कार्यक्रममा नेपाली कला, सस्कृति, भाषा र पर्यटन को प्रबर्धन गर्नु का साथै बौद्धिक सुन्दरतालाई बढावा दिइनेछ। सहभागी हरुले नेपाली युवारयुवती को प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय जगतमा नेपाललाई चिनाउन प्रयत्नरत रहनेछन् । कार्यक्रममा निर्णायकको निर्णय नै अन्तिम निर्णय हुनेछ भने निर्णायेकको अन्तिम निर्णय लाई पारदर्शिता अपनाउनको लागि लाइसेन्स प्राप्त सिपीए राखिने छ ।

को को हुन् पूर्वविजेता ?

नेपालस्थित ई प्लानेट प्रालिको सहकार्यमा अमेरिकास्थित इभेन्ट प्लानेट इन्कको आयोजनामा गएको पाँच वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको मिस नेपाल युएस सुन्दरी प्रतियोगिताको हालसम्मका बिजेताहरुमा सन् २०११ मा न्यूयोर्क शहरमा सम्पन्न पहिलो मिस नेपाल युएस सुन्दरी प्रतियोगिताबाट वासिङ्टन डिसीकी सुजिता बस्नेत प्रथम बिजेता बन्न सफल भएकी थिईन् ।

सन् २०१२ मा वासिंटन डिसीमा सम्पन्न दोस्रो सुन्दरी प्रतियोगिताबाट भर्जि्नियाकि आस्था श्रेष्ठ बिजयी बनेकी थिईन् । सन् २०१३ मा न्यूयोर्क शहरमा सम्पन्न तेस्रो मिस नेपाल युएस सुन्दरी प्रतियोगिताबाट न्यूयोर्क्कि बर्तिका राई बिजेता बनेकी थिईन् भने सन् २०१४ मा न्यू योर्क शहरमा सम्पन्न चौंथो सुन्दरी प्रतियोगिताबाट ओहायो राज्यकी २७ बर्शिय खुश्बु मिश्र बिजयी बनेकी थिईन् ।

त्यसैगरी, सन् २०१५ मा न्यू योर्क शहरमै सम्पन्न पाँचौं सुन्दरी प्रतियोगिताबाट नर्थ क्यारोलिनाकि प्रियंका थपलिया बिजयी बनेकी थिईन् ।

आयोजक संस्था र मिस नेपाल युयस परिवारले सबै सहभागी, अभिभावक, प्रायोजक, संचार माध्यम लगाएत का सबै लाई निरन्तर साथ र सहयोग को लागि आभार व्यक्त गरेको छ । साथै आगामी दिनहरुमा पनि सदाझै निरन्तर माया, सहयोग, सुझाभ र सल्लाहले आगामी बर्ष पनि अझै बृहत कार्यक्रम आयोजना गर्न सहयोग पुग्नेछ भन्ने आयोजकको आशा छ । यो बर्षको प्रतियोगितालाई सभ्य र भव्य वनाउन डलास क्षेत्र वरपर रहेकाविभिन्न संघ संस्थाहरुसग समेत सहकार्य गरेर अघि वढ्ने स्थानीय व्यवस्थापन गरिरहेको नेपाल ११ इन्टरटेइमेन्टका प्रतिक सुवेदीले बताए ।

यी हुन् २१ प्रतिस्पर्धीहरु

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com