व्यवस्थापिका-संसदमा महाभियोग प्रस्तावमाथि छलफल


प्रकाशित मिति : कार्तिक २९, २०७३ सोमबार

व्यवस्थापिका–संसद्को सोमबारको बैठकमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तविरुद्धको महाभियोग प्रस्तावमाथिको छलफल भएको छ ।उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद मोहनबहादुर बस्नेतले सदनमा प्रस्तुत महाभियोग प्रस्ताव विधिसम्मत रुपमा नआएको बताए । सत्तासाझेदार दललाई जानकारी नै नदिई महाभियोग प्रस्ताव सदनमा पेस भएको बताउँदै उनले प्रस्तावमा नै समस्या रहेको उल्लेख गरे ।

सांसद युवराज ज्ञवालीले नेपालको संविधान, व्यवस्थापिका–संसद् कार्यसञ्चालन नियमावलीअनुसार नै सदनमा प्रस्ताव दर्ता गरिएको भन्दै कोही कसैले आशङ्का नगर्न र प्रस्तावको पक्षमा मतदान गर्न सांसदहरुलाई आग्रह गरे ।

अख्तियारको प्रमुख पदमा बसेर कार्कीले संसदीय समितिको अपमान गरेको, अदालतको अपमान गरेको, जनप्रतिनिधिमूलक संस्थालाई अटेर गरिएको, कर्मचारी प्रशासनलाई मनोवैज्ञानिक रुपमा त्रस्त बनाएको र जनतालाई आतङ्कित बनाएकाले कारबाहीको प्रक्रिया अगाडि बढाइएको उल्लेख गरे ।

सांसद रामेश्वर फुयाँलले अख्तियार प्रमुखले समानान्तर सरकार चलाएको, संसदीय समितिलाई अटेर गरेकाले संविधानको परिपालनाका लागि महाभियोग प्रस्ताव पेस गरिएको विचार पोखे ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com