गायिका आनी छोइङले गरिन् प्रधानमन्त्रि ओलीलाई १ करोड सहयाेग, के अब ‘तुइन’ विस्थापन होला ?
प्रकाशित मिति : श्रावण ३, २०७५ बिहीबार

गायिका आनी छोइङले गरिन् प्रधानमन्त्रि ओलीलाई १ करोड सहयाेग, के अब ‘तुइन’ विस्थापन होला ?
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको तुइन विस्थापन कार्यक्रममा लागि चर्चित गायिका आनी छोइङ डोल्माले रु एक करोड सहयोग हस्तान्तरण गरेको छ ।
नेपाल टेलिभिजनको “जनतासँग प्रधानमन्त्री” कार्यक्रमको बुधबार राति प्रसारित पहिलो शृखंलामा गायिका अानीले सो रकम हस्तान्तरण गरेको हो ।
गायिका अानीले उक्त रकमले एउटा मात्र भए पनि झोलुङ्गे पुल बन्न सकोस् भनी कामना गरे । गायिका आनीले लामो समयपछि मुलुकमा एकल बहुमतको स्थिर सरकार बनेकाले जनता र राष्ट्रको चाहनालाई सार्थकतापूर्वक अघि बढाउन शुभकामना पनि दिए ।
प्रधानमन्त्री अाेलीले दुर्इ वर्षमा सबै तुइन विस्थापन गर्ने अाफ्नाे अघिल्लाे कार्यकालमै घाेषणा गरेका भए पनि अाजसम्म देशभरका तुइनकाे अवस्था उस्तै छ ।
सहयोग ग्रहण गर्दै प्रधानमन्त्री ओलीले आफूले एक महिनाको तलब थप गरी तुइन विस्थापन कोष स्थापना गर्ने घोषणा गरे ।
कार्यक्रम प्रस्तोता मनोज पाण्डेले कोषमा रु पचास हजार सहयोग दिने घोषणा गरेको थियो ।