गायिका आनी छोइङ डोल्माद्वारा तुइन विस्थापनका लागि रु एक करोड सहयोग


प्रकाशित मिति : श्रावण ३, २०७५ बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गर्नुभएको तुइन विस्थापन कार्यक्रममा लागि गायिका आनी छोइङ डोल्मा शेर्पाले रु एक करोड सहयोग हस्तान्तरण गर्नुभएको छ ।
नेपाल टेलिभिजनको “जनतासँग प्रधानमन्त्री” कार्यक्रमको आज राति प्रसारित पहिलो शृखंलामा गायिका शेर्पाले सो रकम हस्तान्तरण गर्नुभएको हो । उहाँले उक्त रकमले एउटा मात्र भएपनि झोलुङ्गे पुल बन्न सकोस् भनी कामना गर्नुभयो । गायिका शेर्पाले लामो समयपछि मुलुकमा एकल बहुमतको स्थिर सरकार बनेकाले जनता र राष्ट्रको चाहनालाई सार्थकतापूर्वक अघि बढाउन शुभकामना पनि दिनुभयो । गायिका शेर्पाको “फूलको आँखामा फूलै संसार” गीत लोकप्रिय छ ।
सहयोग ग्रहण गर्दै प्रधानमन्त्री ओलीले आफूले एक महिनाको तलव थप गरी तुइन विस्थापन कोष स्थापना गर्ने घोषणा गर्नुभयो । कार्यक्रम प्रस्तोता मनोज पाण्डेले कोषमा रु पचास हजार सहयोग दिने घोषणा गर्नुभएको थियो ।
प्रधानमन्त्री ओलीले अघिल्लो कार्यकालको पदबहालीको दिन मुलुकभरका सबै तुइन विस्थापनको घोषणा गर्नुभएको थियो । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com