विप्लवका माओवादी कार्यकर्ताको विभत्स हत्या


प्रकाशित मिति : कार्तिक २८, २०७३ आईतबार

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका एक कार्यकर्ताको विभत्स हत्या भएको छ ।

विप्लवका कार्यकर्ताको कञ्चनपुरको बेल्डाँगीमा हत्या भएको हो । कञ्चनपुर बेल्डाँगीका लोकेन्द्रबहादुर विष्टको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ ।

विष्टको हत्या गरिएको अवस्थाम शनिवार दिउँसो शव फेला परेको खवर डबलिले जनाएको छ ।

विष्ट विप्लव माओवादीका कञ्चनपुरको बेल्डाँगी एरिया समिति सदस्य तथा राष्ट्रिय युवा जनस्वयंसेवक कञ्चनपुरक जिल्ला उपाध्यक्ष थिए । विप्टको केही गुण्डाहरुद्वारा षड्यन्त्रपूर्ण ढंगले हत्या गरिएके भन्दै विप्लव माओवादले घटनामा संलग्नलाई कारबाहीगर्न माग गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com