अर्गानिक चलचित्र भैरे साउन ४ देखि


प्रकाशित मिति : श्रावण १, २०७५ मंगलबार

अर्गानिक नेपाली चलचित्र भैरे श्रावण ४ गते देखि देशभरका ७२ वटाभन्दा धेरै सिनेमा हलहरुमा प्रदर्शन हुने भएको छ । माथिल्लो मुस्ताङ्ग, स्याङ्गजा, पर्वत र पोखरा लगायतका मनमोहक स्थानमा छायांकन गरिएको चलचित्रका निर्देशक एभरेष्ट सूर्य बोहरा हुन् ।

अग्नी परिक्षा, कान्छा, मुटु, ठूली जस्ता चलचित्रहरुको निर्देशन गरिसकेका बोहराले भैरेको कथा समेत लेखेका हुन् । नेपालमा प्रदर्शनपछि चलचित्र अमेरिका लगायतका देशमा प्रदर्शनको तयारी भइरहेको निर्देशक बोहराले जानकारी दिएका छन् ।


निर्देशक एभरेष्ट सूर्य बोहरा

चर्चित कलाकार दयाहाङ्ग राईले अभिनय गरेको चलचित्र भैरेमा अमेरिका निवासी कलाकार बिक्रान्त बस्नेतको पनि अभिनय हेर्न पाइने भएको छ । चलचित्रमा सुरक्षा पन्त, वर्षा सिवाकोटी, बुद्धि तामाङ्ग,सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको अभिनय छ ।

चर्चित गायक यम बराल र अन्जु पन्तको स्वरमा रहेको भैरै चलचित्रको गीत सनम माया लाको युट्युबमा मात्र २७ लाख पटक हेरिसकिएको छ ।

यम बराल, बसन्त सापकोटा र मेलिना राईको स्वरमा रहेको सान्नानीलाई भेट्न आउदा गीत पनि युट्युबमा मात्र २८ लाख पटक हेरिएको छ ।

चलचित्रका निर्माता प्रेम प्रसाद पौडेल, देवीमाया अधिकारी र सविता गुरूङ्ग हुन् । करुणाकर घिमिरे, यम बराल, सिन्धु पौडेल र कुमार बस्नेत फिल्मका सहनिर्माता हुन् भने निर्माणमा कृष्णराज काफ्लेको पनि सहभागिता छ । नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित तथा लेख बहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’ मा द्वन्द्व निर्देशन सूर्य थोक्करले गरेका छन् । पुरुषोत्तम प्रधानले ‘भैरे’ को सम्पूर्ण दृश्य खिचेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com