जडिबुटीमा टिप्परको ठक्करबाट एक जनाको ज्यान मृत्यु


प्रकाशित मिति : असार २६, २०७५ मंगलबार

काठमाडौंको जडिबुटीमा मंगलबार दिउँसो बा ४ ख ८७ २५ नम्बरको टिप्परले बा ८५ प ७१६ नम्बरको मोटरसाइकललाई दिँदा एक जनाको ज्यान गएको छ ।
टिप्परको ठक्करबाट मोटरसाइकलको पछाडि बसेका भक्तपुरका १८ वर्षीय रोयल सुवेदीको ज्यान गएको हो ।

ठक्कर दिँदा सुवेदीको घटनास्थलमा नै ज्यान गएको हो । मोटरसाइकल चालक अमन ढुंगेल घाइते भएको र उहाँको शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । टिप्पर चालकलाई प्रहरीले पक्राउ गरेको  छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com