सुन तस्करी र हत्या प्रकरणः गोरेका सहयोगीसहित तीनजना जेल चलान


प्रकाशित मिति : असार २६, २०७५ मंगलबार

संंगठित अपराध, सुनकारी र सनम शाक्य हत्या मुद्धाका थप तीन अभियुक्तलाई जिल्ला अदालत मोरङले सोमबार पुर्वपक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

अरु तीनजनालाई धरौटीमा छाड्ने आदेश भएको छ ।

न्यायाधीश नारायणप्रसाद शर्माको ईजलासले मदन सिलवाल, भुजुङका चालक लक्षु गुरुङ र गोरेका सहयोगी भनिएका रामकुमार तिवारीलाई थुनामा राख्न आदेश दिएको हो ।

तत्काल प्राप्त प्रमाणका आधारमा दोषी देखिएको भन्दै अदालते उनीहरुलाई थुनामा राखेर पुर्वपक्ष गर्न आदेश दिएको हो ।, आजकोकान्तिपुरदैनिकमा यो खबर छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com