ज्याला मजदुरी गरेर घर चलाउनेलाई आहिले सम्मकै खुशीको खबर


प्रकाशित मिति : असार २५, २०७५ सोमबार

ज्याला मजदुरी गरेर घर चलाउनेलाई आहिले सम्मकै खुशीको खबर ! सक्दो सेयर गरौ

अहिलेसम्मकै सबैभन्दा बढी ज्याला वृद्धि, नयाँ ज्यादादर साउन एक गतेबाट लागू

कामदारको न्यूनतम ज्याला १३ सय हजार ४ सय ५०
कामदारको ज्याला न्यूनतम १३ हजार ४ सय ५० रुपैयाँ निर्धारण भएको छ । उद्योगीले १२ हजार ५० रुपैयाँभन्दा बढी नबढाउने अडान लिएपनि सरकार र ट्रेड युनियन उक्त रकममा नमानेपछि ९ सय ५० रुपैयाँ वृद्धि गरिएको नेपाल उद्योग वाणिज्य महासङ्घका रोजगारदाता परिषद्का सभापति चन्द्रप्रसाद ढकालले जानकारी दिए ।

यसअघि कामदारको न्यूनतम ज्याला ९ हजार ७ सय रुपैयाँ तोकिएको थियो । यसअघिसम्म सबैभन्दा बढी एक हजार ८ सय रुपैयाँ ज्याला बढेको थियो । तर, अहिले तीन हजार ७ सय ५० रुपैयाँ बढेको हो ।

उद्योगीले १२ हजार ५ सय रुपैयाँ भन्दा बढी नबढाउन रोगजारदाता परिषद्लाई दबाब दिए पनि ट्रेड युनियन र सरकारले उद्योगीले प्रस्ताव गरेको पारिश्रमिक नमाने पछि लामोसमयदेखि बैठक निष्कर्ष बिहीन बन्दै आएको थियो ।

सरकारले बढी हस्तक्षेप गरे ज्याला निर्धारणको जिम्मा सरकारलाई नै दिनुपर्ने धारणा समेत राख्दै आएका उद्योगीले अन्त्यमा ९ सय ५० रुपैयाँ बढाएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अहिलेको ज्यालादरले सकरात्मक तरङ्ग ल्याउने बताए । ‘एकदमै राम्रो ‘नेगोसिएसन’ भएको छ,’ उनले भने, ‘सबै क्षेत्र मिलेर यसलाई कार्यान्वयामा ल्याउनुपर्छ ।’ खासगरी अर्गनाइज्ड सेक्टरमा मात्रै यो लागू भएको छ । अन्य सबै क्षेत्रमा लागू गर्नुपर्ने गोल्छाको भनाइ छ । नयाँ ज्यादादर साउन एक गतेबाट लागू हुने छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com