प्रधानमन्त्रीले टेरेनन् सर्वाेच्चकाे अादेश, गृहमन्त्रीलार्इ निर्देशन दिदैँ लगाए प्रहरी


प्रकाशित मिति : असार २५, २०७५ सोमबार

नेपाल विद्यार्थी संघले सरकारविरुद्ध माइतीघर मण्डलामा फेरि विरोध प्रदर्शन गरेको छ। गत असार २२ गते सर्वोच्च अदालतले माइतीघर लगायत उपत्यकाका अन्य क्षेत्रमा निषेधाज्ञा जारी गर्ने सरकारको निर्णयमाथि रोक लगाउने अन्तरकालीन आदेश जारी गरे पश्चात साेमबार सयाैँकाे संख्यामा विद्यार्थीहरु सरकार विरुद्ध चर्काे नारा लगाउदै प्रर्दशन गरेका हुन्।

तर प्रधानमन्त्री केपी अाेलीले अदालतको अादेशलार्इ चुनौती दिँदै गृहमन्त्री राम बहादुर थापालार्इ ठुलाे मात्रामा प्रहरी परिचालन गर्न निर्दैशन दिएका थिए। निर्देशन पाए लगत्तै गृहमन्त्री थापा त्यहा प्रहरी परिचालन गर्न अार्इजीपीलार्इ अादेश दिएका थिए।

नेविसंघले सरकारले अधिनायकवाद देखाएको भन्दै यसको विरोध गर्दै यस्तो शैली अन्त्य गर्न खबरदारी गरेको जनाएको छ। नेविसंघले शेरबहादुर देउवा सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयकसमेत जस्ताको तस्तै ल्याउन माग गरेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com