नौवटा एम्बुलेन्स दिने कांग्रेस नेता तामाङले भने– एउटा शवबाहन र तीनवटा एम्बुलेन्स आउँदैछ


प्रकाशित मिति : असार २५, २०७५ सोमबार

गएको प्रतिनिधिसभा निर्वाचनमा पराजय भोगेका नेपाली कांग्रेसका नेता पूर्णबहादुर लामा (कान्छाराम) रामेछापबासीका लागि सहयोग अभियानमा जुटेका छन् ।

व्यक्तिगत खर्चमा एकैपटक छ वटा एम्बुलेन्स प्रदान गरेर कान्छारामले रामेछापबासीका लागि महत्वपूर्ण गुन लगाएका छन् । शनिवार एक समारोह आयोजना गरी कान्छारामले एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।

रामेछापका दुर्गम क्षेत्रमा बिरामीलाई सेवा पुर्‍याउन तामाङले करिब एक करोड निजी खर्चमा एम्बुलेन्स उपलव्ध गराएका हुन् । यसअघि पनि उनले जिल्लाका विभिन्न भागमा तीन वटा एम्बुलेन्स उपलब्ध गराइसकेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा तामाङले भने, ‘अझै एउटा शववाहन र तीन वटा एम्बुलेन्स आउँदै छन्, म चाँडै समुदायलाई दिन्छु ।’

निर्वाचनमा पराजय भोगेपनि कान्छारामले रामेछापबासीका लागि सहयोग अभियान जारी राखेका छन् । उनले रामेछापबासीमा परेका हरेक किसिमका अप्ठेरा र पीरमर्कामा विगतदेखि नै साथ दिँदै आएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com