९ किलो ८०० ग्राम गाँजा सहित एकजना पक्राउ


प्रकाशित मिति : असार २५, २०७५ सोमबार

मधुपुरीबाट लागुऔषध गाँजासहित एक जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–२३ स्थित मधुपुरीबाट प्रतिवन्धित लागुऔषध गाँजा ९ किलो ८०० ग्रामसहित धादिङ थाक्रे गाउँपालिका वडा नं।३ घर भई हाल भरतपुर–२३ मधुपुरीमा डेरा गरी बस्ने वर्ष ६० का बल बहादुर तामाङलाई पक्राउ गरिएको हो ।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गीतानगरबाट खटिएको प्रहरी टोलीले तामाङको डेरा कोठा खानतलासी गर्दा कोठामा लुकाई राखेको अवस्थामा सो लागु औषध गाँजा फेला पारेको हो ।
पक्राउ परेका तामाङलाई लागु औषध (नियन्त्रण) ऐन अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी शुशिल सिह राठौरले जानकारी दिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com