‘सरकारलाई सन्तुष्टि मिल्छ भने कर्णालीमै मर्न तयार छु’ -डा. केसी


प्रकाशित मिति : असार २५, २०७५ सोमबार

जुम्ला । आठ दिनदेखि जुम्लामा अनशन बसिरहेका डा. गोविन्द केसीले सरकारले आफ्नो मागप्रति कुनै तदारुकता नदेखाएको भन्दै कर्णालीमै मृत्यु वरण गर्न तयार रहेको बताएका छन् ।

‘मेरो मृत्युले सरकारलाई सन्तुष्टि मिल्छ भने बरु कर्णालीमै मर्न तयार छु,’ शनिबार सञ्चारकर्मी तथा शुभचिन्चतकहरूसँग कुराकानी गर्दै उनले भने, ‘तर अन्तिम सास रहुन्जेल अनशन जारी रहन्छ ।’

माथेमा आयोगको प्रतिवेदनलाई सरकारले लत्याएको बताउँदै डा. केसीले आफ्ना मागप्रति सरकार सकारात्मक नभएसम्म अनशन फिर्ता नलिने बताएकाे राजधानी दैनिकमा समाचार छ ।

यसैबीच, डा. केसीको सत्याग्रहप्रति ऐक्यबद्धता जनाउन कालिकोटका जनप्रतिनिधिको एक टोली जुम्ला आइपुगेको छ । सत्याग्रहप्रति ऐक्यबद्धता जनाउन कालिकोटका स्थानीय तहका जनप्रतिनिधि, शिक्षक र नागरिक समाजको टोली जुम्ला पुगेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जनप्रतिनिधिको टोलीले ऐक्यबद्धतापत्र जारी गर्दै दुर्गम र कर्णालीका जनताको पक्षमा केसीले थालेको आन्दोलनप्रति सरकारले अमानवीय र अभद्र व्यवहार गरेको भन्दै विरोध जनाएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com