यस्तो बन्दै छ प्रहरीको संघीय संरचना र आईजीपीको पदावधि


प्रकाशित मिति : असार २५, २०७५ सोमबार

काठमाडौं । गृह मन्त्रालयले संघीय प्रहरी ऐनको मस्यौदा तयार पारेको छ। करिब दुई महिनाको गृहकार्यपछि मस्यौदा तयार भएको हो।

नेपाल प्रहरीमा सधैं विवादको विषय बन्ने गरेको ३० वर्षे सेवा अवधि संघीय प्रहरी ऐनको मस्यौदामा पनि यथावत राखिएको छ। तर पदावधि र उमेर हद भने परिवर्तन गरिएको छ ।

मस्यौदामा प्रहरीका सिपाहीदेखि उच्च तहका अधिकृतले ३० वर्ष मात्रै प्रहरी प्रशासनमा सेवा गर्न सक्नेछन्। तर, सेवावधिअगावै उमेरहद पार गरे जुनसुकै तहकाले साही दिन अवकाश पाउनेछ।

प्रहरी महानिरीक्षक र अतिरिक्त महानिरीक्षकको उमेरहद ५८ वर्ष, डीआईजी र एसएसपीको ५७, इन्सपेक्टरदेखि एसपीको ५६ र जवानदेखि सईसम्मको ५५ वर्ष तोकिएको छ। मस्यौदाअनुसार प्रहरीको जुनियर अधिकृत र जवानको भर्ना प्रदेश सरकारले लिनेछ। यसभन्दा माथिका दर्जाको भर्ना संघीय सरकारले लिने व्यवस्था छ। यस्तै, प्रदेश प्रहरी संगठन प्रमुखमा डीआईजी हुने व्यवस्था गरिएको आजको नयाँ पत्रिकामा यो खबर छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com