फेरि लम्बियो कोटेश्वर-कलंकी सडक निर्माण


प्रकाशित मिति : असार २५, २०७५ सोमबार

काठमाडौं : चीनको अनुदानमा निर्माणकार्य अन्तिम चरणमा पुगेको कोटेश्वर-कलंकी सडक निर्माणको समय फेरि थप भएको छ। अन्तिमपटक थप भएको समय असार ३१ (जुलाई १५) गते सकिने भए पनि काम नसकिँदा म्याद थप गर्नुपरेको हो।

काठमाडौं चक्रपथ सुधार आयोजनाका इन्जिनियर निराजन शर्माका अनुसार कोटेश्वर-सातदोबाटो-कलंकी सडक बिस्तारको समय फेरि थप भएको हो। ‘अन्तिमपटक थपिएको समय असार १५ (२०१८ जुलाई १५) मा सकिँदैछ। , तर, चार प्रतिशत काम बाँकी भएकाले फेरि मंसिर २९ (डिसेम्बर १५) गतेसम्म समय थप भएको हो।

अब के छ काम ?
कोटेश्वरदेखि कलंकीसम्म १० किलोमिटर आठ लेन (५० मिटर चौडा) सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। ‘कोटेश्वर-सातदोबाटो-कलंकी सडक बिस्तारको ९६ प्रतिशत काम भइसकेको छ’, शर्माले भने, ‘अब कोटेश्वरदेखि बल्खुसम्म एक लेयर पिच गर्न बाँकी छ।’ सडकको पेन्टिङ, सजावट र अन्य केही सुधारका काम बाँकी रहेको शर्माको भनाइ छ। यो समाचार आजको अन्नपूर्ण पोष्टमा छापिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com