गुफाबाट सकुशल उद्धार गरिएकाकाे संख्या ६ पुग्याे
प्रकाशित मिति : असार २५, २०७५ सोमबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2018/07/cave_i4LDv0adHp.jpg?fit=976%2C690&ssl=1)
थाइल्याण्ड : थाइल्याण्डमा आएको बाढीपछि विगत १५ दिनभन्दा बढी गुफामा फसेका १२ जना बालकहरू तथा उनीहरूका खेल प्रशिक्षकमध्ये छ जनाको सकुशल उद्धार गरिएको अधिकारीले बताएका छन् ।
शुरूमा दुई बालक चार किलोमिटर लामो गुफालाई छिचोल्दै उद्धारकर्ताको सहयोगमा बाहिर आएका थिए । त्यसपछि अन्य चार जनालाई गुफाबाट बाहिर आउन सफल भएका थिए ।
उनीहरू सवैलाई उपचारका लागि अस्पताल पठाइएको छ ।
छ वालकको उद्धार गरिएको छ, उनीहरूको नाम तत्काल सार्वजनिक गर्दा बाँकी अभिभावकमा चिन्ता बढ्न सक्ने भन्दै सबैजनाको उद्धार भएपछि नाम सार्वजनिक गरिनेछ, रक्षा मन्त्रालयका एक अधिकारीले एएफपीलाई बताए ।
बाँकी बालक तथा प्रशिक्षकलाई पनि क्रमश उद्धार गरिने मन्त्रालयले जनाएको छ ।(रासस÷एएफपी)