संविधान संशोधनको लागि त्रिपक्षीय छलफल


प्रकाशित मिति : कार्तिक २६, २०७३ शुक्रबार

संविधान संशोधनको विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच पुनः छलफल हुने भएको छ । सकभर शुक्रबार साँझ र नभए शनिबार छलफलमा बस्ने नेताहरूबीच सहमति छ । ‘अब प्रमुख दलका तीन नेताबीच अन्तिम छलफल गर्ने कुराकानी भएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने, ‘सकभर शुक्रबार साँझमा नभए शनिबार बैठक बस्ने सहमति छ ।’

राष्ट्रपति–प्रधानमन्त्री भेट

प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनका विषयमा भइरहेको प्रगतिबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराएका छन् । दलहरूबीचको छलफल सकारात्मक रहेकाले सहमतिको सम्भावना बढेको प्रचण्डले राष्ट्रपतिलाई जानकारी गराएको उनका स्वकीय सचिव रमेश मल्लले बताए । भण्डारीले सहमतिमै अगाडि बढ्न आग्रह गरेकी नयाँ पत्रिकामा खबर छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com