सधै नेपाललाई दुखमा सहयोग गर्ने जापानबाट आयो अत्यत दुखद खबर : वर्षाका कारण कम्तीमा ५७ जनाको मृत्यु, दर्जनौँ व्यक्ति बेपत्ता


प्रकाशित मिति : असार २४, २०७५ आईतबार

जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षाका कारण आइतबार बिहानसम्ममा ५७ जनाको मृत्यु भएको जापानी अधिकारीले पुष्टि गरेका छन् ।

जापानको राष्ट्रिय टेलिभिजन प्रशारण संस्था, एनएचकेले अविरल वर्षापछि आएको बाढीका कारण ५७ जनाको ज्यान गएको बताएको छ । केही दिन यताको अविरल बाढी र त्यसका कारण आएको पहिरोका कारण दर्जनौँ व्यक्ति हराइरहेका छन् ।

आइतबार अधिकारीले दिएको जानकारीअनुसार पहिरोको जोखिममा रहेका स्थानबाट २० लाखभन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको वा सर्न निर्देशन दिइएको बताएका छन् । हराएकाको खोजी तथा उद्धारकार्यमा हजारौँ प्रहरी, अग्निनियन्त्रक र सेना पनि परिचालन गरिएको छ ।

जापानको क्योडो समाचार संस्थाले मृत्यु हुने धेरैजसो पहिरोमा पुरिएका जनाएको छ । जापानको राजधानी टोकियोदेखि ६०० किलोमिटर पश्चिममा अवस्थित मोतोयामा नगरमा वर्षा र बाढीको प्रकोप बढेको बताइएको छ । त्यसैगरी शनिबारदेखि आइतबार अपरान्हसम्म पनि हिरोसिमा, क्योटोलगायतका शहरमा भारी वर्षा भएको छ ।

जापानी प्रधानमन्त्री सिन्जो आबेले वर्षा र बाढीबाट भएको क्षतिको न्युनिकरण गर्न तथा खोजी र उद्धारकार्य कुशलतापूर्वक सञ्चालन गर्न सुरक्षा निकायलाई आदेश दिनुभएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com