मदिराले निम्त्याएको अपराधः मासु पोखिएको निहुँमा विभत्स हत्या !


प्रकाशित मिति : असार २४, २०७५ आईतबार

असार १५ गते नेपालीहरुको दही चिउरा खाने दिन । सबैजना घरमा परिवारसँग बसेर दही चिउरा खाएर चाड मनाईरहेका थिए । रातको १० बजे मदिरा, कुखुराको मासु र चिउरा खाइरहेका एक समुहको लागि त्यो दिन कालो रात भयो ।

६ जनामध्ये एकजनाको जीवन सकियो । अन्य पाँच जनाले भने कहिल्यै नमिटिने कलंकको टिका आफ्नो निधारमा लगाए । असार १६ गते महानगरीय प्रहरी परिसर भक्तपुर मातहतको एक इकाईमा बिहान ७ बजेनै फोन बज्यो । खबर थियो भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ८ मा एकजनाको शव फेला परेको छ ।

तत्कालै प्रहरीको टोली घटनास्थल पुग्दा उक्त नगरपालिकाको जितपुरस्थित दिनेश खड्काको घर डेरा गरी बस्ने राजेन्द्र चौधरीको कोठामा सोही स्थानका ३६ वर्षका उमेश कार्कीको विभत्स शव भुइँमा लडिरहेको थियो ।

सर्लाही जिल्ला हरिपुर नगरपालिका वडा नम्बर ८ जगतपुरका ३५ वर्षे रामसागर चौधरी नेपाली सेनाको प्युठ दर्जाको जागिरे थिए । सेनाको श्री नयाँ सबुज गण दरबन्दी भएका उनी घर बिदामा थिए ।  घर बिदामा भए पनि ग्रिल सम्बन्धी काम जानेका उनी केही पैसा कमाउने उद्देश्यले साथीसँगै भक्तपुर आएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सर्लाहीको सोही नगरपालिका वडा नम्बर ७ का गंगाराम चौधरी काठमाडौ महानगरपालिका सानो भर्याङमा कोठा गरेर बस्ने गरे पनि कामको शीलशीलामा भक्तपुर आउने गरेका थिए ।  महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरिक्षक हिमालयकुमार श्रेष्ठका अनुसार उमेशको हत्यामा संग्लन पाँचजना मध्ये तीनजना अझैं फरार छन् ।

रामसागर र गंगाराम चौधरीलाई मात्र प्रहरीले आइतबार सार्वजनिक गरेको छ । ‘अन्य आरोपीलाई पनि केही दिनमा सार्वजनिक गछौं’ प्रहरी उपरिक्षक श्रेष्ठले भने ।

कसरी भयो घटना ? 
घटनामा संग्लन भएका चारजना चाँगुनारायण नगरपालिका वडा नम्बर ८ हनुमान चोकमा धनबहादुर गहतराजले सञ्चालन गरेको ग्रील उद्योगमा काम गर्ने मजदुर रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरु असार १५ गते बेलुका ८ः३० बजेको समयमा कोठामा बसेर मदिरा पिइरहेका थिए ।

सोही स्थानमा स्थानीय उमेश कार्की (मृतक) समेत आएर सँगै मदिरा सेवन गर्न थाल्छन् । मदिरामा पिउदैं रमाइरहेका उनीहरु बीच एकाएक झगडा पर्छ । हत्याको आरोपी समुहले पकाएको कुखुराको मासु पोखिएको भन्दै मृतकमाथि रड र धारिलो हतियार प्रहार हुन्छ ।

आक्रोशित उनीहरुले निरन्तर मुख र टाउकोमा चक्कु प्रहार भएपछि मृतक कार्की त्यही लड्छन् । त्यसपछि पाँच जनानै फरार भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । महानगरीय प्रहरी परिसरको टोलीले हत्यामा संग्लन राम सागरलाई सर्लाही जिल्ला हरिपुर नगरपालिका वडा नम्बर ८ घरबाट र गंगाराम चौधरी काठमाडौ सानो भ¥याङमा कोठाबाट पक्राउ गरेको हो ।

प्रहरी भक्तपुर जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्धामा म्याद थप गरि घटनाको थप अनुसन्धानलाई अगाई बढाएको जानकारी दिएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com