हातखुट्टा बाँधी मुखमा कागज कोचेर वलात्कार गर्दैगर्दा २१ वर्षिया माया बि.क ले प्राण त्यागिन
प्रकाशित मिति : असार २४, २०७५ आईतबार
तीन दिन देखि बेपत्ता भएकी कैलाली गौरीगंगा नगरपालिका ११ जहरी कटानकी २१ वर्षिया माया विकको लास १५ गते नगरपालिका चपरथली सामुदायक बनमा भेटियो ।सोही दिन विकका आफन्तले बलात्कार गरेर हत्या भएको आशंकामा जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्धा दर्ता गरेका थिए । जिल्ला प्रहरी कार्यालयले विकको घट्नामा संलग्न पाँच जना व्याक्तिलाई अनुसन्धानका लागि नियन्त्रण लिएको थियो । नियन्त्रणमा रहेका गौरीगंगा नपा ११ शिवपुरका ३० वर्षिय गाणेश बडुवाल, २७ वर्षिय मनोज बोगटी, २१ वर्षिय सुरज चौधरी, २० वर्षिय भुवन खाती र १९ वर्षिय तपेन्द्र बोगटी रहेका छन ।
उनीहरु सबैको वयान अनुसार मायालाई हत्या गर्ने गणेश बडुवाल मुख्य योजनाकार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । विकलाई उसकै कपडाले हात खुट्टा बाँधेर चार जनाले सामुहिक बलात्कार गरेको बयान दिइएको प्रहरी उपरिक्षक विनोद घिमिरेले जानकारी दिएका छन ।
माया विकलाई बलात्कार गर्ने बेला मुखभरि कागज कोचिएको कारण उनलाई साँस फेर्ना गाह्रो भएको बयानमा खुलेको प्रहरी उपरिक्षक घिमिरेले बताए । बलात्कार गर्ने चौथो व्याक्तिले बलात्कार गर्ने बेला मायाले प्राण त्यागेको बलात्कारीहरुले बयानमा स्वीकारेका छन । गौरींगगा नगरपालिका अन्तर्गत वडा कार्यालयमा तथ्यांक सर्भेक्षणमा करारमा कार्यरत माया विक तथ्यांक संकलनका लागि भनेर घरबाट निस्केकी थिईन् ।
उनीसंगै काम गर्ने बडुवालले ८ गते नै मायालाई शारीरिक सम्बन्धका लागि प्रस्ताव राखेका थिए तर मायाले अस्वीकार गरेपछि बलात्कार गर्ने योजना बनाएको बयानमा खेलेको प्रहरी उपरिक्षक विनोद घिमिरेले पत्रकार सम्मेलनमा जानकारी दिए । एक महिना लगातार तीन वटा हत्या भएकोले घटनाले प्रहरीलाई गष्ती गर्नमा थप जिम्मेवार बनाएको प्रहरी उपरिक्षक धिमिरेले बताए । मायालाई बलात्कार गर्ने पाँच जनालाई बलात्कारको उद्योगसंगै ५ देखि ७ वर्ष जेल सजाई र सामुहिक बलात्कार गरेमा थप ५ वर्ष सजाय हुन सक्ने पनि प्रहरी उपरिक्षक धिमिरेले जानकारी दिए ।