यि दुई प्रहरी जवानले गरे खोलामा बगेका ६ वर्षीय बालकको शकुशल उद्दार, बच्चा चिच्याउदै गरेको देखेपछि तत्कालै खोलामा हामफालेर बाहिर निकाले


प्रकाशित मिति : असार २३, २०७५ शनिबार

मोरङको केराबारी गाउँपालिका–७ र ८ को बीचमा रहेको खदम खोलामा बगेका एक बालकलाई नेपाल प्रहरीका दुई जवानले उद्दार गरेका छन् ।उद्धार हुनेमा अमृत दुलालका ६ वर्षीय छोरा अनसल दुलाल रहेका छन् ।

उनलाई खोलाले बगाउँदै गरेको वेला प्रहरी जवान विनय यादव र सुरेश थामीले उनको उद्दार गरेका हुन् ।घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय, केराबारीबाट खटिएका यादव र थामी खोलामा हाम फालेर बालकलाई उद्दार गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ । बालकको उद्दारपछि उनलाई अभिभावकको जिम्मा लगाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com