मोटरसाईकललाई ठक्कर दिएपछि आक्रोसित स्थानीयले जलाए टिपर


प्रकाशित मिति : असार २३, २०७५ शनिबार

अरनिको राजमार्ग अन्तर्गत बनेपाको भैँसेपाटीमा टिपरले मोटरसाइकललाई ठक्कर दिएपछि स्थानीयले टिपरमा आगजनी गरेका छन् ।

काठमाण्डौबाट बनेपा तर्फ गईरहेको बा २ ख ७०९१ नम्बरको टिपरले हाल सम्म नम्बर नखुलेको मोटरसाइकलमा सवार भक्तपुर सुर्यविनायक वडा नं. ९ बस्ने पुस्करराज हुमागाई र उहाँको श्रीमती लक्ष्मी हुमागाई लाई ठक्कर दिएको हो ।

मोटर साइकलमा सवार दुवैजनाको अहिले शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको र घाइते मध्ये १ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ ।

ठक्कर दिएपछि आक्रोसित स्थानीयले टिपरमा आगो लगाएका छन् । आगोको मोटरसाइकल पुर्ण रुपमा क्षती भएको छ भने टिपरमा सामान्य क्षती पुगेको छ । आगजनी संगै अरनिको राजमार्ग बन्द भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com