सरकारी बजेट सभामुखको निजी खातामा


प्रकाशित मिति : असार २२, २०७५ शुक्रबार

प्रदेश २ का सभामुख सरोजकुमार यादवले निजी सचिवालयको खर्च व्यक्तिगत खातामा जम्मा गर्न दबाब दिएका छन् । सभामुख यादवको निजी सचिवालयमा कति कर्मचारी छन् भन्ने विवरण प्रदेशसभा सचिवालयलाई जानकारी दिइएको छैन । सभामुखको दबाबमा प्रदेशसभा सचिवालयले एनएमबी बैंकको निजी खातामा १८ लाख रुपैयाँ राखिदिएको पाइएको छ । यो रकममा उनको तलब, भत्ता पनि समावेश रहेको जनाइएको छ ।

निजी सचिवालयका कर्मचारीको तलब सुविधा लागि ११ लाख भन्दा बढी रुपैयाँ निकासा गरिएको प्रदेशसभा सचिवालयका लेखा अधिकृत लालबाबु मि श्रले जानकारी दिए । ‘हामीले सभामुखको पारि श्रमिक तथा निजी सचिवालयका कर्मचारीको तलब, भत्ताका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयबाट रकम भुक्तानी गर्न माग गरेका थियांै’, लेखा अधिकृत मि श्रले भने, ‘सभामुखको खातामा रकम जम्मासमेत भइसकेको छ ।’

प्रदेशसभा बैठकले असार १ गते प्रदेशसभा पदाधिकारी तथा सदस्यको पारि श्रमिक र सुविधासम्बन्धी विधेयक पारित गरेको थियो । तर, सभामुख यादवले आफू नियुक्त भएको मिति माघ ३ गतेदेखिकै सेवा–सुविधासहित निजी सचिवालयका कर्मचारीको तलब भुक्तानी हुनुपर्ने माग गरेको जनाइएको छ । त्यसपछि प्रदेशसभा सचिवालयले सोहीबमोजिम पाँच महिनाको तलब, भत्ता, सेवा, सुविधा र निजी सचिवालयका कर्मचारीको तलब जोडेर बैंक खातामा पठाएको हो ।

सभामुखले निजी सचिवालयमा राजपत्रांकित प्रथम श्रेणीका स्वकीय सचिव, द्वितीय श्रेणीका स्वकीय सचिव, तृतीय श्रेणीका स्वकीय सचिव, प्रथम स्तरका कार्यालय सहयोगी, कम्प्युटर अपरेटर १÷१, सवारी चालक २, भान्से, माली र स्विपर १÷१ गरी १० कर्मचारी भर्ना गर्न सक्ने व्यवस्था छ । तर, सभामुखले कति कर्मचारी नियुक्त गरेका छन् भन्नेबारे जानकारी नभएको प्रदेशसभा सचिवालयका सचिव दिवाकर पौडेलले बताए । ‘ऐनबमोजिम पदाधिकारीको सेवा–सुविधा हामीले उपलब्ध गराएका हौं’, सचिव पौडेलले भने ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

निजी सचिवालयमा नियुक्त भएका कुनै पनि कर्मचारीको तलब सभामुखको निजी खातामा पठाउनु कानुनसम्मत नरहेको कोष तथा लेखा नियन्त्रण कार्यालय जनकपुरका प्रमुख डा. वीरेन्द्रकुमार मि श्रले बताए । ‘कानुनतः यो गलत हो’, उनले भने, ‘कर्मचारीको तलब उसकै खातामा जानुपर्ने हो, कसैको व्यक्तिगत खातामा होइन । हामी यो विषय निगरानी गर्छौं ।’

कांग्रेस प्रदेशसभा संसदीय दलका नेता रामसरोज यादवले कर्मचारीको तलब, भत्ता सभामुखको खातामा राख्न लगाउने कार्यको आफूहरूले विरोध गर्ने बताए । ‘यसबारे हामी सदनमै यो प्रश्न गर्छौं’, उनले भने, ‘कर्मचारी भर्ना नै नगरी व्यक्तिगत खातामा रकम जम्मा गराउनु गलत कार्य हो ।’

प्रदेशसभाले सभामुखको पारि श्रमिक मासिक ५८ हजार तोेकेको छ । आवास सुविधा, फर्निचर, सवारी साधन, सञ्चार सुविधा, निजी सचिवालय, इन्धन, मोबिल, बिजुली, धारा, दैनिक भ्रमण भत्ता, विदेश भ्रमण गर्दा सुविधा पाउँछन् । यो विषयमा प्रतिक्रिया लिन खोज्दा सभामुख यादव सम्पर्कमा आउन चाहेनन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com