यसरी मनाइयो अमेरिकाको जन्मदिन (फोटो फिचर)


प्रकाशित मिति : २१ असार २०७५, बिहिबार

फोर्थ जुलाई । अर्थात् अमेरिकाको २४२ औं स्वतन्त्रता दिवस । २४२ बर्ष अगाडि ब्रिटिस साम्राज्यको भागको रुपमा नरहेको भन्दै छुट्टै देशका रुपमा संयुक्त राज्य अमेरिकाको घोषणा गरिएको अवशरमा अमेरिकाभर विशेष उत्सवका साथ स्वतन्त्रता दिवस मनाइएको छ ।

संसदले अमेरिकी स्वतन्त्रताको घोषणापत्रमा जुलाई २ मा मतदान गरेपनि हरेक बर्ष फोर्थ जुलाईलाई अमेरिकामा स्वतन्त्रता दिवसका रुपमा मनाइदै आएको छ । स्वतन्त्रता दिवसको अवशरमा अमेरिकाभर परेड र फायरवर्क लगायतका कार्यक्रमहरु गएिको थियो । न्युयोर्कमा बर्षेनी मेसीले गर्ने फायरवर्क विशेष उल्लेखनीय थियो ।

सन् १७७६ को जुलाई २ सम्म अमेरिका बेलायतको १३ औं उपनिवेशका रुपमा रहेको थियो । उक्त दिन स्वतन्त्रताको घोषणामा मतदान भएपनि केही शब्दमा भएको विवादपछि जुलाई ४ मा स्वतन्त्रताको घोषणापत्रको अन्तिम दस्तावेज पारित गरिएको थियो ।

स्वतन्त्रता दिवस मनाइदै गरेका गेटी इमेजका केही तस्वीरहरु ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com