बालगायक अशोक दर्जीको घर बन्दै, घरमा युटुवको लोगो राखिने


प्रकाशित मिति : असार २१, २०७५ बिहीबार

बालगायक अशोक दर्जीको झापा दमकमा निर्माण भइरहेको घरमा युटुवको लोगो राख्ने गायक टंक बुढाथोकीले बताएका छन् । युवा मन नेपाल युटुव च्यानलसँगको कुराकानीका क्रममा गायक बुढाथोकीले अशोक दर्जीको अहिलेको चर्चा युटुवका कारण नै भएकाले नयाँ घरमा

लोगो राख्न लागीएको बताए । सामाजिक संजालको बढ्दो प्रयोगकर्ता र यसको सही सदुपयोगले गर्दा सकारात्मक सन्देश प्रवाह गर्ने भएकाले पनि लोगो राख्न लागेको उनले बताए ।

हाल अशोकको घर निर्माण कार्यको निरीक्षणमा व्यस्त गायक बुढाथोकीले सबैको साथ सहयोग र मायाले गर्दा नै अशोकको यो सफलता पाएको पनि बताएका छन् ।

घर निर्माणको आधा काम सकिएको र झरेली समस्या नपारेको खण्डमा निर्माण कार्य तोकीएको समयमा नै सकिने पनि गायक बुढाथोकीलले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com