अब नेपालमा पनि घण्टाको तलब तोकिँदै, यस्ताे बन्दैछ नयाँ नियम


प्रकाशित मिति : असार २१, २०७५ बिहीबार

अब नेपालमा पनि घण्टामा आधारित श्रम प्रणाली लागू हुने भएको छ । यसका लागि सरकारले घण्टाको समेत ज्याला तोक्ने भएको छ । न्यूनतम तलब निर्धारण समितिले घण्टाको पारिश्रमिक तोक्न लागेको हो । नयाँ श्रम ऐनले पार्ट टाइम काम गर्ने श्रमिकलाई कानुनी दायरामा ल्याएको छ ।

यसलाई सम्बोधन गर्नुपर्ने भएकाले श्रम मन्त्रालयलाई घण्टाको पारिश्रमिक निर्धारण गर्नुपर्ने बाध्यकारी नियम छ । कान्तिपुर दैनिकमा खबर छ ।

सरकारले पहिलाे पटक कम्पनी /प्रतिष्ठान,चिया बगान कृषि श्रमिक र घरेलु श्रमिककाे न्यूनतम तलब छुट्टछुट्टै ताेक्दै छ । कम्पनी प्रतिष्ठान तर्फका श्रमिककाे न्यूनतम तलब निर्धारण गर्न राेगारदाता र ट्रेडयुनियनसँकाे छलफल अन्तिम चरणमा पुगेकाे श्रम मन्त्रालयले जनाएकाे छ ।

न्यूनतम तलब निर्धारण समितिले सिफारिस गरेकाे श्रम राेजगार तथा सामाजिक सुरक्षाा मन्त्रालयले निर्णय गर्ने हाे ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com