प्रहरीले पाउने सुविधा कटौती भएको छैन : प्रहरी प्रवक्ता


प्रकाशित मिति : असार २१, २०७५ बिहीबार

प्रहरीले प्राप्त गर्दै आएको कुनै पनि सुविधा कटौती नभएको प्रहरी प्रधान कार्यालयले स्पष्ट पारेको छ ।

प्रहरीको सेवा सुविधाबारे गलत नियतले भ्रामक प्रचार भएको भन्दै प्रहरीले कानुनतः तोकिएको सुविधा पाउने स्पष्ट पारेको छ । प्रहरी प्रवक्ता बरिष्ठ प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले सेवा सुविधाबारे भ्रममा नपर्न सबैमा आग्रह गर्नुभएको छ ।

प्रहरी प्रधान कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ– प्रहरी नियमावली बमोजिम प्रहरी कर्मचारीहरुले पाउने औषधि उपचार, घर बिदा लगायत अन्य सुविधाहरु कानुनमा तोकिएबमोजिम नै यथावत रहेको पनि सम्वन्धित सबै पक्षलाई जानकारी गराइन्छ ।

प्रहरी कर्मचारीको सेवा सुविधा कटौती भयो भन्दै विभिन्न सामाजिक सञ्जालमा भ्रमपूर्ण विवरणहरु सार्वजनिक भएपछि प्रहरीले सेवा सुविधाबारे स्पष्ट पारेको हो ।

हेर्नुहोस विज्ञप्ति–

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com