पशुपति गुरुयोजनालाई नौ करोड, क्षेत्र विस्तार गरिँदै


प्रकाशित मिति : कार्तिक २५, २०७३ बिहीबार

विश्व सम्पदामा सूचीकृत पशुपति क्षेत्रको अन्तर्राष्ट्रिय स्तरको पूर्वाधार विकासका लागि नयाँ गुरुयोजना तयार हुने भएको छ । नेपाल सरकारले नयाँ गुरुयोजना तयारीका लागि पशुपति क्षेत्र विकास कोषलाई नौ करोड रुपियाँ अनुदानसमेत स्वीकृत गरेको छ ।

पुरानो गुरुयोजनाबाट भएका कामको समीक्षा गर्दै नयाँ गुरुयोजना निर्माण हुने बताइएको छ । ‘पुरानो गुरुयोजना अवधारणागत योजना थियो अवको गुरुयोजनाले भू–उपयोगसहित मूर्त तथा अमूर्त कला, सम्पदा पशुपति क्षेत्रको जनजीवन र विश्व सम्पदा क्षेत्रको विश्वव्यापी मान्यता अनुरूप निर्माण कार्य गर्छ’, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले जानकारी गराए । उनका अनुसार अन्तर्राष्ट्रिय मान्यता प्राप्त काइवाइ नामक विज्ञको नेतृत्वको टोलीले यसबारे अध्ययन गरिरहेको छ ।

पशुपति क्षेत्रमा अब निर्माण हुने भौतिक संरचनालाई पुरातात्विक तथा विश्व सम्पदाको मर्म तथा भावनाअनुरूप कसरी लैजान सकिन्छ र यसका लागि यस क्षेत्रको भू–उपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा विज्ञले अध्ययन गरिरहेका छन् । यो अध्ययनपछि कोषले अन्तर्राष्ट्रिय स्तरमा पशुपति क्षेत्रको समग्र सुधारका लागि विज्ञलाई सहभागी हुन आह्वान गर्नेछ । कार्यकारी निर्देशक उप्रेतीका अनुसार पशुपति क्षेत्रलाई हिन्दुको गन्तव्यस्थलका रूपमा अबको गुरुयोजनाले समेट्नेछ ।

पशुपति क्षेत्रका देव स्थल, मानव बसोबास, सांस्कृतिक झाँकी, जनजीवन, भक्तजनप्रतिको सद्भावना लगायतका अमूर्त सम्पदाको जगेर्नाका लागि भू–उपयोग गर्दै अगाडि बढाइनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पशुपति क्षेत्र गैरहिन्दुका लागि पनि आकर्षणको केन्द्र बनाउने यो दोस्रो गुरुयोजनाको लक्ष्यमा छ । सुरु गुरुयोजनाले लक्षित गरेको ७० प्रतिशत कार्यमा कोषले सफलता हासिल गरिसकेको बताइएको गोरखापत्रमा खबर छ । चाबहिल चोक, रातोपुल, सेतोपुल, तिलगङ्गाको घेराभित्रको क्षेत्र पशुपति क्षेत्र घोषणा गरिएको छ । अबको योजनाले यी क्षेत्रलाई समेत भविष्यमा समेट्ने सम्भावना छ ।

पहिलो गुरुयोजनाले विश्व सम्पदामा सूचीकृत पशुपति मन्दिर आसपासका सीमित क्षेत्रमा मात्र विकास निर्माण कार्य गर्दै आएको थियो । निर्देशक उप्रेतीका अनुसार अबको कार्ययोजनामा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय पुरातत्वविद् सहभागी हुनेछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com