जुम्लामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै, सरकार अनभिज्ञ


प्रकाशित मिति : असार १९, २०७५ मंगलबार

वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको अनशन मंगलबार चौथो दिनपनि जारी छ । जुम्लामा अनशनरत केसीको स्वास्थ्य अवस्था भने क्रमिक जटिल बन्दै गएको उहाँका सहयोगीले बताएका छन् ।

डा.केसीको हातखुट्टा, टाउको, छाती दुख्ने समस्या बढ्दै गएको छ । यस्तै उहाँ अनशनरत रहेको स्थान कबर्डहलमा पानी, बत्ती, शौचालय लगायतका सुविधा नरहेको जनाईएको छ ।

स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय जुम्लाले उहाँको उपचारका कुनै कसर बाँकी नराख्नु भनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पत्र पठाएपनि खासै चाँसो नदिएको डा.केसीका समर्थकहरुले बताएका छन् । डा. केसीकोे मानवअधिकारको सुरक्षा र राखेका मागको अविलम्ब सम्बोधन गर्न समर्थकहरुले सरकारलाई दबाब दिँदै आइरहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com