अविरल वर्षाले घर भत्कँदा चार जनाको मृत्यु


प्रकाशित मिति : असार १८, २०७५ सोमबार

लगातारको वर्षाका कारण रोल्पा र कैलालीमा घर भत्कँदा चार जनाको मृत्यु भएको छ । मनसुन सक्रिय हुँदा आइतबार रातिदेखि देशैभर लगातार वर्षा भइरहेको छ ।

यसैक्रममा रोल्पाको रुन्टीगढी–५ सैवाङ गाउँमा घर भत्किँदा ३ जनाको मृत्यु भएको छ भने कैलालीको गोदावरी नगरपालिका–९ धनचौरीमा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सैवाङ गाउँमा सोमबार बिहान घर भत्किँदा २२ वर्षीया कमला विक, उनकी १८ दिनकी छोरी आयुषा विक र १५ वर्षीया चित्रा विकको मृत्यु भएको हो ।

यस्तै कैलालीको गोदावरी नगरपालिका–९मा घर भत्किँदा दुठा रानाको मृत्यु भएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com