अन्तर हिमालय आयोजनाबाट नेपालको समृद्धि तीव्र – डा. राजन भट्टराई (एअरचाइना विमानमा गरिएको विषेश अन्तर्वाता भिडियो)


प्रकाशित मिति : असार १८, २०७५ सोमबार

छिमेक तथा मित्र राष्ट्रको सार्वभौमिकता, स्वाधिनता र समृद्धिको पक्षमा सधै कुटनीतिक सन्तुलनमा उभिदै आएको चीनको सफल भ्रमण गरेका छन् प्रधानमन्त्री केपी शर्मा ओलीले । सन १९७८ मा देङको नीति लागु भएपछि प“ूजी र प्रविधिको चरम विकासबाट आर्थिक विकासमा तीव्रता हासिल गरेको चीनसंगको सहकार्यमा नेपालको पनि समृद्धि संभव छ भन्ने तथ्य बुझेका प्रधानमन्त्री ओली मुलुक बदल्ने प्रयत्नमा छन् ।

एकसाता लामो भ्रमणका क्रममा चीनियाँ नेतृत्वसंगको भेटवार्ता र भएका सम्झौताले नेपालको विकास र समृद्धिमा चीन सहयोगी बन्ने विश्वास गर्न सकिन्छ भन्ने विश्वास आर्जन गरेका छन् ओलीले । इतिहासकै शक्तिशाली सरकारको कमाण्ड बनेका ओलीले चिनियां नेतृत्वलाई आश्वस्त पार्दै महत्वपूर्ण संझौतामा हस्ताक्षर मात्रै गरेका छैनन्, भोलिका मितिमा चीनले नेपालको आर्थिक समृद्धिका लागि पूर्वाधारदेखि जलविद्युत, पर्यटन, कृषि र उद्योग लगायतका मुद्दामा साथ र सहयोग पाएका छन् ।

अब, इमान्दारितापूर्वक सहमतिहरुलाई तिब्र कार्यान्वयन जरुरुी छ । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको सन्दर्भ सेलाएको छैन । सहमतिहरु कार्यान्वयनका दिशामा अघि बढ्ने बेलासम्म यो सन्दर्भ जीवन्त रहिरहनेछ ।

साढे ६ दशक लामो असल छिमेक सम्बन्ध रहेको चीनसंग यसअघि पनि धेरै सम्झौता भएका थिए । चीनसंग भएका अधिकांश संझौता कार्यान्वयन भएका छन् । पछिल्ला सम्झौताहरु कार्यान्वयनका लागि प्रतिक्षारत छन् । चीनियाँहरु बचनमा प्रतिवद्ध छन् भन्ने सन्देश विगतका दिनमा पनि भएकोले यसपटकका ऐतिहासिक सम्झौताहरु पनि कार्यान्वयन हुने अपेक्षा सबैको छ ।

यसपटक प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले चीनप्रतिको थप सकारात्मक दृष्टिकोण जनतामा जगाएको छ । चीन भ्रमणबाट प्रधानमन्त्री ओलीले समग्रमा सकारात्मक सन्देश दिएका छन् । भ्रमणका क्रममा प्रधानमन्त्रीसंग संगै रहेका परराष्ट्रविद् राजन भट्टराईसंग बेइजिङबाट ल्हासा फर्किंदै गर्दा लिइएको विशेष अन्तर्वाता ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com