दिपकको गीतमा रोशन र आस्थाको जिवन्त अभिनय


प्रकाशित मिति : असार १७, २०७५ आईतबार

– पिताम्वर भट्टराई

स्कुले जीवनदेखि नै कलाकारिताको दुनियामाभिविन्न अभिनय गदै आएका रोशन केसीको अभिनय क्यानडामा झन् तिखारिदै आएको छ ।

चर्चित गायक तथा पुर्वनेपाल आइडल दिपक लिम्बुको नयाँ गीत ‘कसलाई सुनाऊँ को टोरोन्टोको सिएन टावर, थाउजेन आइल्यान्ड, नियाग्रा फल जस्ता अति रमणिय क्षेत्रमा छायांकन गरिएको गीतमा रोशनको जिवन्त अभिनय देखिएको छ ।

भर्खरैसार्वजनिक भएको यो गीतमा रोशन सहित आस्था अधिकारीले अभिनय गरेकी छिन् । राजु सिंहको संगित रहेको रहेको गीतमा क्यामरामा, सम्पादन र निर्देशन युवराज अधिकारीले गरेका छन् ।

संन्तोष पन्तको चर्चित टेलिभिन कार्यक्रम हिजो आजका कुराबाट अभिनय शुरु गरेका केसीले आपूmलाई नृत्य क्षेत्रमा खारिएको स्वाद दिन सफल भएका छन् । ब्राम्टन मिसिसागा क्षेत्रमा नृत्यकला ट्रेनिङ स्कुल समेत संचालन गरेका केशीले आधा दर्जन भन्दाबढी म्युजिक भिडियो बनाइ सकेका छन् ।

क्यानडाको व्यस्त समयमा पनि आफ्नो कला र पेशालाई निरन्तरता दिइरहने अठोट गर्दै केसीले भविश्यमा अन्य म्यूजिक भिडियोमार्फत दर्शक सामु प्रस्तुत भइरहने बताउछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com