नेपाली चेली सुनिता दनुवार अमेरिकाबाट सम्मानित, बेचबिखनबिरुद्धको नायक अवार्ड


प्रकाशित मिति : असार १६, २०७५ शनिबार

अमेरिकी सरकारले नेपाली चेली सुनिता दनुवारलाई बेचिबिखनबिरुद्धको नायक अवार्डबाट सम्मानित गरेको छ । अमेरिकी विदेश मन्त्रालयले बार्षिक विश्वभरका १० जनालाई यस्तो अवार्ड प्रदान गर्दै आएको छ ।

बिहिबार अमेरिकी विदेशमन्त्री माइक पम्पेओ र राष्ट्रपतिकी सल्लाहकार इभांका ट्रम्पले मानव बेचबिखनबारेको बार्षिक प्रतिबेदन सार्वजनिक गर्ने क्रममा दनुवारलाई सम्मान गरिएको हो । दनुवार शक्ति समुहकी संस्थापक प्रमुख हुन् ।

दनुवारको मानव बेचबिखन विरुद्धको अथक अभियान तथा आफ्नो जीवन नै दाउमा राखेर पीडितलाई सहयोग, पीडकहरुलाई कारवाही र मानव तस्करी विरुद्ध चेतना फैलाउन गरेका प्रयासहरु एकदमै प्रेरणादायी छन् । अमेरिकी दूतावासले नेपाल सरकार र सुनिता जस्तै नेपालीहरुले मानव तस्करीको सामना गर्न गर्ने हरप्रकारका प्रयासहरुमा साथ जारी राख्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

दनुवार २२ बर्ष अगाडि आफै पनि नेपालबाट बेचिएर मुम्बईको कोठीमा पुगेकी थिइन् । त्यहाँको नारकीय जीवनबाट मुक्त भएर स्वदेश फर्किएपछि उनी मानब बेचबिखनबिरुद्ध सकृय रहदै आएकी छिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com