विवाहका लागि नेपाल रोज्दै विदेशीहरु


प्रकाशित मिति : असार १५, २०७५ शुक्रबार

– अरुणा रायमाझी (अस्मिता)

राम बहादुर घले पर्यटन व्यवसायी हुन । घले पर्यटन व्यावसायमा लागेको १८ वर्षभयो । उनले सन् २००० मा व्यावसायी सञ्चालन गरेका हुन । उनी यो क्षेत्रमा निरन्तर लागि परेका छन् ।
सुरुका दिनहरु सम्झँदै घलेले भने ‘मेरा लागि यो पेशा नयाँ र चुनौतीपूर्ण थियो । अरुको भन्दा फरक काम कसरी गर्ने भन्नेमा सबैभन्दा बढी चिन्ता र चिन्तन गर्दथेँ । अरुले गर्दै आएको कामलाई चुनौती दिनु मेरो उदेश्य कहिल्यै भएन, म जहिले पनि नयाँ काम कसरी गर्ने, त्यसैको खोजीमा हुन्थेँ । सोच्दै जाँदा ‘विवाहको लागि नेपाल !’ भन्ने सोच आयो ।’

व्यवसाय सञ्चालन गरेको तीन वर्षसम्म नेपालको संस्कार र संस्कृतिको बारेमा विदेशी मुलुकमा विभिन्न माध्यमबाट उनले प्रचारप्रसार गरे । घले ट्राभलको नाममा सञ्चालित उनको सोचले २००६ मा सार्थकता पायो । उनको कम्पनिबाट पहिलो विवाह गर्ने जोडी थिए, जापानीज नागरिक । ती जोडीको विवाह,बुद्धधर्म अनुसार गरिएको थियो । नेपाली संस्कार अनुसार विवाह गर्ने ती जापानीज नागरिकले थोरै खर्चमा बुद्धको जन्मभूमिमा बुद्धिष्ट तरिकाले विवाह गर्न पाउनु जिवनको सबैभन्दा ठूलो खुशीको क्षण भएको अभिव्यक्ति दिएको, घलेले सुनाए ।

थोरै खर्च, नयाँ देश, नयाँ भेष र नयाँ तरिकाले विवाह गर्ने जोडी जस्तै खुशी थिए, घले पहिलो विवाह गराउँदा । काममा थप हौसला मिल्यो । त्यसपछि उनले हिन्दु र बुद्धधर्म अनुसार विवाह गराउँदै गए । उनले अहिलेसम्म १७ जोडीको विवाह गराईसकेका छन् । उनले विवाह मात्र गराउँदैनन्, पर्यटकको चाहाना अनुसारका ठाउँमा घुमाउने र नेपाली खाना पकाउन सिकाउने पनि गर्दै आएका छन् ।

विवाह ! भन्न वित्तिकै तपाई हाम्रो मनमा अनेकन ख्यालहरु आउँछन् । आफ्नो विवाह यादगार बनाउने चाहाना सबैमा हुन्छ । आफ्नो विवाह अरुकोभन्दा फरक र नयाँ होस् भन्ने चाहाना राख्ने विदेशी पाहुनाहरुको लागि नेपाल एउटा उत्कृष्ट स्थान हुन सक्छ ।

यहाँ धेरै हिसाबले तपाईको विवाह जिवनभर यादगार हुनसक्छ । नेपाल पर्यटन क्षेत्रको हब नै हो । यहाँको संस्कार संस्कृति अनगिन्ती छन् भने विश्व सम्पदा सुचिमा रहेका १० वटा स्थान र हिमाली क्षेत्रहरु पनि त्यत्तिकै रमणीय रहेका छन् । यहाँबाट तपाई आफ्नो जिवनको नयाँ सुरुवात गर्नसक्नु हुन्छ,जुन जिवनभर यादगार हुनेछ । फरक देशको धर्म संस्कृति, रमाइलो वातावरण, नयाँ ठाउँ, नयाँ देश , कम खर्च र नयाँ संस्कृति अनुसार विवाह गर्न पाउनु जीवनको अकल्पनिय मुमेन्ट हो । यसले विछुट्टै खुशी मिल्छ ।

नेपालमा आएर विवाह गर्न विदेशमा जस्तो होइन,तपाईको एक महिनाको तलब भए पुग्छ । यति कम खर्चमा सायद अरु कुनै मुलुकमा आफ्नो विवाह गर्न सक्नु हुँदैन । नेपाली संस्कृति अनुसार विवाह गर्न विदेशी पाहुलाईलाई जम्मा २ हजार डलर खर्च लाग्ने पर्यटन व्यावसायी राम घले बताउँछन् । नेपाली संस्कार अनुसार एक रात दुई दिनमा विवाह सम्पन्न हुने उनले बताए ।

२ हजार डलरमा विवाहको लागि चाहिने सामाग्री र नेपालको राम्रो होटलमा डिनर, विवाहको भिडियो र विश्व सम्पदा सूचिमा रहेका ठाउँमा फोटो सुट समेत हुने घलेले जानकारी दिए । एक रात र दुई दिनको खर्च विवाह आयोजना गर्ने एजेन्सीले बेहोर्ने गरेको छ ।

दुलाह दुलहीले लगाउने लुगा गहना सबै भाडामा लिने गरिन्छ , यदि विवाह गर्ने जोडीले आफैसँग लिने गरी बनाउन अडर गरेमा त्यो पनि बनाउने रामले बताए । विवाहको योजना ल्याउँदा नेपालमा अरु कसैले सुरु नगरेको उनले दाबी गरे । उनले भने ‘सायद विदेशी जोडीको नेपाली संस्कार अनुसार विवाह गराउने कन्सेभ मेरो नै हो । कुनै रेकर्ड त छैन ।’

विदेशीलाई नेपालका सुन्दर ठाउँ घुमाउने मात्र होइन, नेपाललाई बारम्बार सम्झने के हुन्छ भन्ने खोजीमा उनले विवाहको कन्सेभ ल्याएको बताए । उनका अनुसार अहिले यो कुरा सबै व्यावसायिले सिकेका छन् , ‘त्यो देख्दा खुशी लाग्छ, किनकी नेपालको पर्यटन पर्वद्र्धको लागि एक्लैले गरेर नहुने उनको तर्क छ ।

नेपाल सांस्कृतिक विविधताले भरिएको देश हो । यहाँ हरेक जातिको विवाह गर्ने शैली फरक—फरक छ । अर्को,बुद्ध जन्मस्थल । यस्ता ठाउँमा विवाह गर्नु आफैमा महत्वपूर्ण कुरा हो ।
यस्तै संसारको सबैभन्दा अग्लो ठाउँ सगरमाथाको काखामा आफ्नो प्रेम र प्रेमिकालाई विवाहको लागि प्रपोज गर्ने वा विवाह नै गर्नु अर्को खुशी र आनन्द अनुभूति गर्नु हो ।
जुन प्रेमिले संसारको नयाँ र विश्व सम्पदा सूचिमा रहेको ठाउँमा विवाहको लागि अंगुठी लगाउन अगाडि उभिन्छ त्यो बेला एउटा केटी वा केटाको लागि त्योभन्दा ठूलो उपहार अरु केही हुन सक्दैन । मानौ एउटा कल्पना भन्दा बाहिर र सपनाको संसार नै हो ।

अझ, नेपालको गाउँमा गएर नेपाली बाजागाजा सहित रमाइलो गरी नेपाली विधि अनुसार विवाह गर्नु सबैभन्दा नौलो अनूभूति गर्न सकिन्छ । हिमालको काखमा प्रकृतिक सुन्दरताले भरिएको नेपालबाट एकले अर्कोलाई जिवनको हरेक मोडमा साथ दिने कशम खाएर नयाँ अनुभूति सहित आफ्नो देश फर्कनु सौभाग्यनै हो ।

‘आफ्नो विवाह मानिसहरु सधै याद गर्दछ । नेपाली संस्कार अनुसार विदेशी जोडीको कमभन्दा कम खर्चमा विवाह गराउनु नेपाललाई विदेशी पाहुनाको मुटुमा बसाउनु हो । पैसा त आउँछ जान्छ, तर सम्झना मनमा बाँच्चुनजेल रहिरन्छ । हाम्रो देशमा विश्वभरबाट मानिस घुम्न आउन भन्ने आफ्नो उदेश्य रहेको यी युवा पर्यटक व्यावसायी सुनाउँछन् ।’

नेपाली संस्कार अनुसार विवाह गर्न चाहाने विदेशी जोडीले अनलाइन वा इमेल मार्फत फारम भर्ने र उनीहरुको चाहाना अनुसार कस्तो विवाह गर्ने त्यसको तयारी ती जोडी आउनुपूर्व तयार गरिन्छ । दुइ हजार डलरमा काठमाडौँ नजिक रहेका गुम्बा र मन्दिरमा विवाह गर्न सकिने र अनत्र ठाउँमा गर्नु परे ५ हजार डलर लाग्ने पर्यटन व्यावसायी बताउन छन् । सरगरमाथाको बेस क्याम्प गर्नु परे त्यही अनुसार खर्च हुने उनीहरुले सुनाए ।

यदि कुनै कपलले टिपिकल नेपाली तरिकाबाट ग्रामिण बस्तीमा नेपाली बाजागाजा, भोज भतेर, नाच गान र जोग्गे लगाएर कन्यादान गर्ने गरी विवाह गर्दछ भने ५ हजार डलर खर्च लाग्दछ ।
विवाहको मिति निर्धारण गरेको दिन आउने जोडीलाई एजेन्सीले एयरपोर्टबाट ल्याउने व्याबस्था मिलाउने गरेको छ भने विवाह गर्नुभन्दा अघिल्लो दिन आउनेहरुको लागि बसेको होटेलबाट विवाह मण्डपमा लिने व्यावस्था रहेको छ । विवाह गर्ने जोडी नेपाल आउने सबै कुरा इमेल मार्फत तय गरिएको हुन्छ । कम खर्चममा विवाह गुम्बा र मन्दिरमा गरिन्छ ,तर पुरै विधिविधान अनुसार ।
विवाह गर्ने कपल आउनु एकदिन अगाडि उनीहरुले विवाहमा लगाउने लुगा तयार गर्ने र विवाहको लागि चाहिने सबै सामग्री तयार गर्ने तथा विवाहको समय तोकेर भ्यानु बुक गर्ने गरिन्छ ।

एउटा विवाहको लागि ६ जना कर्मचारी खट्छन् । दुलहीको मेकपका लागि एक जना छुट्टाईएको हुन्छ । करिब एक डेढ घण्टामा विवाह सम्पन्न हुन्छ । पैसा अनुसार गुम्बामा लामा बोलाइएको हुन्छ । दुई हजार डलरभित्र जम्मा १५ जना लामा बोलाएर विवाहको विधि पढ्ने गरिन्छ । विवाह सम्पन्नपछि गरिब ५ सय दिप प्रज्वलित गर्ने गरिन्छ । जसको अर्थ नयाँ जिवनमा यसरी नै सधै उज्यालो छाओस् भन्ने हो ।

विवाहित जोडीको विश्व सम्पदा तथा ऐतिहासिक ठाउँमा फोटो र भिडियो सुट हुन्छ । काठमाडौंमा विवाह भयो भने श्यम्भु, बौद्ध र काठमाडँौ दरबार क्षेत्रमा फोटो सुट गरिन्छ, त्यसपछि नव विवाहित जोडीलाई लग्जरियस होटेल द्धारीकामा राख्ने राम घलेले बताए । ‘एक रातको द्धारीकामा नेपाली ४० हजार बुझाउनुपर्छ । नयाँ जोडीलाई हामी त्यहाँ डिनर दिन्छौँ । त्यो होटेलमा एकरात बसेपछि भोलि पल्ट सुट भएको फोटो र भिडियो उहाँहरुलाई हस्तान्तरण गदर्छौ त्यसपछि उहाँहरुसँगको कन्ट्याक सकिन्छ, घलेले सुनाए ।’ ती विवाहित जोडी आफ्नो देश फर्कने वा नेपालका अन्य कुनै ठाउँमा घुम्ने त्यो उहाँहरुको इच्छा हुन्छ ।

अहिलेसम्म घलेको एजेन्सीले युरोपियन र एसियन मुलुकका जोडीहरुको विवाह गरेको छ । बुद्धधर्म अनुसार विवाह गर्न रुचाउने धेरै एसियनहरु नेपालमा विवाह गर्न आउने गरेको घलेले बताए ।

५ हजार डलरमा हिन्दु संस्कार अनुसार विवाह गर्ने पनि छन् । दुलाह दुलहीलाइ एयरपोर्टबाटै हात्तिमा राखेर नेपाली बाजागाजा सहित ठमेरमा घुमाएर विवाह गरेका उदाहरण पनि छन् ।
बाजागाजा सहितको विवाह शहरमा भन्दा गाउँमा रमाइलो हुने तर्क व्यावसायी घलेको छ । यस्तो विवाह गर्न दुईरात तिनदिन लाग्छ । तर यसमा पनि धेरै टाढाको गाउँमा जान सकिदैन् । काठमाडौँदेखि जजिकैको जिल्ला जानुपर्छ । विवाहको लागि नेपालका धेरै राम्रो र ऐतिहासिक ठाउँहरु छन् तर सबैकुरा खर्चमा भरपर्छ ।

हिन्दु परम्परा अनुसार विवाह गर्न सबैभन्दा राम्रो जनकपुरको जानकी मन्दिर र बुद्धधर्म अनुसार विवाहको लागि लुम्बिनि नै हो । अझै आफ्नो विवाहलाई स्मरण योग्य बनाउने हो भने विश्वको सर्बोच्च शिहर सगरमाथाको बेश क्याम्पमा पनि विवाह गर्न सकिन्छ । बुद्धको जन्मस्थल लुम्बिनी ,जनकपुरको राम जानकी मन्दिर,यस्तै प्रकृतिक सुन्दरताको हिसाबले पोखरा, जोमसुम, र विभिन्न रितिरिवाज बोकेका बस्तीमा विवाह गर्नु झनै राम्रो हुनसक्छ ।

विदेशी पाहुनाको लागि नेपाली संस्कार निकै अनौठो हुन्छ । नेपाली कल्चरको कुरा गर्दा हरेक पटक उहाँहरु अच्मित पर्ने गरेको घलेको भनाई छ । उनले भने ‘हरेक कुराको जिज्ञाशा राख्नु हुन्छ । उहाँहरुलाई बुझाउनको लागि दोभासे राखेका हुन्छौँ । मण्डपमै हरेक विधिको टास्लेट हुन्छ । विवाहपछि उहाँहरुको अनुहारमा निकै हर्ष र खुशी देख्न पाइन्छ । जिवनमा यस्तो गर्न पाएकोमा उहाँहरु आफूलाई निकै ठूलो भाग्यमानि र गर्भको अनुभूति सुनाउनुहुन्छ । सबैले हामीलाई हृदयदेखि धन्यवाद दिनुहुन्छ, आफूलाई पनि आनन्द लाग्छ । पैसा आफ्नो ठाउँमा छ, आफूले गरेको काममा अर्को खुशी भएर धन्यावाद पाउँदा आफैलाई पनि आनन्द अनुभूत हुँदोरहेछ ।’ उनले भने ‘ देशको सुन्दरताका बारेमा संसार भर पुर्याउन सक्यौँ भने पर्यटन प्रबृदनमा ठूलो योगदा र नेपाली संस्कृतिर र संस्कारको संरक्षण हुन्छ ।’ विवाहको लागि पर्यटन व्यावसायीहरुले आफ्नो वभेसाईट वा इमेल मार्फत् सबै कुरा बुझाउने गरेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com