नेपाल वायुसेवा निगमले नयाँ विमान कहाँ उडाउँछ?


प्रकाशित मिति : असार १५, २०७५ शुक्रबार

लामो समय चलेको चर्चापछि नेपाल वायुसेवा निगमले बिहीवार ‘वाइड बडी’ भनिने ठूला आकारको एयरबस हवाईजहाज काठमाण्डू ल्याएको छ।

पौने तीन सय यात्रु बोक्ने क्षमताको सो विमानलाई करिब १२ अर्ब नेपाली रुपैयाँ परेको थियो।

त्यति नै मूल्य परेको अर्को ठूलो विमान करिब एक महिनापछि आउँदैछ।

केही वर्षअघि ‘न्यारो बडी’ भनिने डेढ सय यात्रु क्षमताका हवाईजहाज निगमले ल्याइसकेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गन्तव्य

हाल निगमले अन्तर्राष्ट्रिय क्षेत्रमा आठवटा गन्तव्यमा उडान गर्दै आएको छ।

अब थपिने विमानबाट उसले कुन कुन नयाँ गन्तव्य थप्दैछ त?

निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार भन्छन् केही समय अहिलेकै गन्तव्यहरूमा तिनलाई उडाइनेछ र त्यसपछि जापान, दक्षिण कोरिया र सउदी अरबमा सेवा विस्तार गर्नेछ।

सुन्नुहोस् कंसाकारसँग सञ्जय ढकालले गरेको कुराकानी

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com