गृह मन्त्रालयको ठाडो आदेश ,मध्य रातमा नेपाल प्रहरीले गर्यो इन्काउनटर,एक जनाको मृत्यु


प्रकाशित मिति : असार १५, २०७५ शुक्रबार

भारतबाट हतियार तस्करी गर्दै आएको एक समूहलाई पक्राउ गर्ने क्रममा रौतहटमा दोहोरो फायरिङ भएको छ। घटनामा एक हतियार कारोबारीको मृत्यु भएको छ।रौतहटको राजदेवी नगरपालिकामा पर्ने बाग्मती खोलाको किनारमा बिहिबार बेलुका करिब सवा १० बजे प्रहरी र हतियार कारोबारीबीच दोहोरो फायरिङ भएको हो। घटनामा गोली लागेका एक कारोबारीको उपचारको क्रममा गौरमा मृत्यु भएको संघीय प्रहरी इकाई वीरगञ्जका एसएसपी तारिणी प्रसाद लम्सालले बताए।

‘त्यो बाटोबाट हतियार तस्करी हुन्छ भन्ने सूचनामा बिशेष टोली खटाएका थियौं,’ एसएसपी लम्सालले भने,तीन जना व्यक्ति मोटरसाइकलमा आएको देखेपछि नियन्त्रणमा लिने प्रयास गर्दा उनीहरुले नै गोली चलाए, जवाफी फायरमा एक जनालाई प्रहरीको गोली लागेको हो।’ घटनास्थलबाट १२ राउन्ड गोलीसहितको एसएमजी बन्दुक भेटिएको उनको भनाई छ।मृत्यु भएका व्यक्तिको सनाखत हुन सकेको छैन। उनी भारतीय भएको आँकलन गरिएको छ।

घटनापछि केही समय घटनास्थल तनावग्रस्त भएको थियो। प्रहरीहरु सादा पोशाकमा गएकाले उनीहरु पनि अपराधी भएको आशंकामा स्थानीयले घेरेका थिए। पछि प्रहरीले मेयर र थप प्रहरीलाई बोलाएको थियो।गृह मन्त्रालयकै निर्देशनअनुसार हतियार कारोबारीविरुद्ध अप्रेसन तिब्र बनाइएको एसएसपी लम्सालले बताए।

गृह मन्त्रालयकै निर्देशनअनुसार हतियार कारोबारीविरुद्ध अप्रेसन तिब्र बनाइएको एसएसपी लम्सालले बताए।


घटनास्थलबाट प्रहरीले बरामद गरेको हतियार 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com