कास्कीमा ४३ जना फरार अभियुक्त पक्राउ
प्रकाशित मिति : असार १४, २०७५ बिहीबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2018/06/Untitled-1-1024x488.jpg?fit=1024%2C488&ssl=1)
जिल्ला प्रहरी कार्यालय, कास्कीले विभिन्न अपराधमा संलग्न रही फरार रहेका ४३ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कर्तव्य ज्यान, लुटपाट, चेक अनादर, चोरी, लागूऔषध, लिखित गाली बेइजती, सरकारी छाप कीर्ते, जालसाजीलगायतका मुद्दामा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रहरीका अनुसार अदालतबाट न्यूनतम दुई दिनदेखि २० वर्षसम्म कैद सजाय र रु ५०० देखि रु पाँचलाख ६६ हजार सम्म जरिवाना तोकिएर पनि लामो समयदेखि फरार रहेका पक्राउ परेका हुन् । अदालतमा पेश गरिएकामध्ये तीनजना रिहा भएका छन् भने बाँकीलाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।