तीन सवारीसाधन ठोक्किदा आँबुखैरेनीमा एकजनाको मृत्यु
प्रकाशित मिति : असार १२, २०७५ मंगलबार
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-१ बरादी पुलमा बस, भ्यान र मोटरसाइकल एकआपसमा ठोक्किदा एकजनाको मृत्य भएको छ । ६ जना घाइते भएका छन् ।
दुर्घटनामा आँबुखैरेनी गाउँपालिका-४ का २६ वर्षीय दिलबहादुर मगरको मृत्यु भएको इलाका पहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक सन्तोष रोक्काले जानकारी दिए ।
आँबुखैरेनीबाट डुम्रेतर्फ जाँदै गरेको ग१ख ३१७३ नम्बरको बस र विपरीत दिशाबाट आएको बा१७च १८४१ नम्बरको भ्यान र सोही दिशाबाट आएको ग५प १९४४ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।
पाँच जना घाइतेहरुको पोखराको मणिपाल अस्पताल र एक जनाको गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।





