दशैँ अगाडि नै आउने भयो मेलम्चीको पानी


प्रकाशित मिति : असार ११, २०७५ सोमबार

काठमाडौंमा दशैं अगाडि नै मेलम्चीको पानी ल्याउने सहमति भएको छ । मेलम्ची खानेपानी आयोजना निर्माणको जिम्मेवारी लिएको इटालियन ठेकेदार कम्पनी सीएमसी र सरकारबीच दशैं अघि नै मेलम्चीको पानी काठमाडौं ल्याउन सहमति भएको हो ।

भूकम्प र नाकाबन्दीबाट भएको क्षति उपलब्ध गराउन माग गर्दै आएको सीएसी र सरकारबीच गएको शुक्रबार सहमति भएको खानेपानी तथा सरसफाइमन्त्री विना मगरले सोमबार जानकारी दिइन् ।

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलन गरेर उनले निर्माण कम्पनीले दशैं अघि नै काठमाडौंमा पानी आउने गरी आउँदो असोज १४ गते भित्र मेलम्चीको पानी सुन्दरीजलमा पठाउने सहमति गरिएको पनि स्पष्ट पारिन् ।

कम्पनीको म्याद २ सय १२ दिन थप गरिएको भन्दै उनले थपिएको म्यादभित्र पनि मेलम्चीको पानी काठमाडौं ल्याउने काम नभए निर्माणको जिम्मेवारी पाएको सिएमसी कम्पनीमाथि कडा कार्वाही गर्ने चेतावनी समेत दिइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com