श्रीमानले कुटेर सख्त घाइते भएकी महिलालाई न्याय दिनुको सट्टा इलाका प्रहरी कार्यालय पथरीले मेलमिलाप गराई कुट्ने श्रीमानको जिम्मा लगाएर पठाएको छ ।
मोरङको पथरी शनिश्चरे नगरपालिका ४ की ५५ वर्षीष डिकमाया बराइली परपुरुषसँग बोलेको आरोपमा श्रीमानले कुट्दा सख्त घाइते भएकी थिईन् ।
उनको दाहिने हात भाँच्चिनुको साथै टाउकोमा चोट लागेको थियोे । टाउकोको चोटमा ८ वटा टाँका लगाइएको प्रहरीले जनाएको छ ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
घटना लगत्तै ६० वर्षका बेदबहादुर बराइली प्रकाउ परेका थिए । प्रहरीले कुटपिट गर्ने श्रीमान् बराइलीलाई कारबाही गर्नुको सट्टा मेलमिलाप गराएर पठाएको हो ।
इलाका प्रहरी कार्यालय पथरीका मोरङका सइ सूर्य प्रसाईंले परिवारका छोराबुहारी आएर अबदेखि मिलेर बस्ने भनेपछि मिलापत्र गरी अाइतबार पठाएको बताए । डिकमायाले भने ३ वर्षयता श्रीमानले कुटपिट गर्दै आएको बताएकी छिन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।