घरपरिवार र छोराछोरीको सहारा पाउन नसेकिकी आमालाई कुकुरको साहारा ?


प्रकाशित मिति : असार १०, २०७५ आईतबार

निम्न आर्थिक अवस्थाकी यी बृद्धाका २०४४ सालमा श्रीमान बिते । भएको एउटा सन्तानले पनि संस्कार बिर्सियो । उत्तराधिकारी छोरा नै होस् भनेर तीर्थ–व्रत गर्ने हाम्रो संस्कारलाई उनको छोराले उल्टाइदियो, दिनुसम्मको दुःख दिएर । आखिर कमजोर शरीरले माइतीको आस गर्यो तर माइतीघर यति बिरानो बन्यो कि उनको घाउमा मलम होइन, नुन् छर्किदियो । अन्ततः अन्जानमै उनले काठमाडौं शहर रोजिन् ।

आखिर आमाको मन न हो काठमाडौं आएपछि पनि छोराको यादले सतायो, मातृत्व जाग्यो । एउटै मात्र सन्तान छोराको हालखबर बुझ्न मन लाग्यो । चिनेजानेकाबाट छोराको खोजी गरिन् । काठमाडौंकै असनमा छोरा फेला पनि पर्यो ।

तर छोरा अझै छोरा बनेन । छोरालाई कर्तब्यबोध सम्म हुन सकेन, जन्मदिने आमा हुन् भन्ने हेक्कासम्म बाँकी रहेन । उनी फर्किन्, आफ्नै संसार वसन्तपुर दरबार स्क्वार, जहाँ आफ्नो भन्नु त्यही एउटा कालो कुकुर छ, सहारा दयालु बटुवा । दैनिकी उस्तैगरी बितिरहेको छ, दिनभरी माग्नु अनि दिन ढलेसंगै सम्झनाले मन रुझाउँदै उज्यालो पर्खनु । एवम् रीतले …

निम्न आर्थिक अवस्थाकी यी बृद्धाका २०४४ सालमा श्रीमान बिते । भएको एउटा सन्तानले पनि संस्कार बिर्सियो । उत्तराधिकारी छोरा नै होस् भनेर तीर्थ–व्रत गर्ने हाम्रो संस्कारलाई उनको छोराले उल्टाइदियो, दिनुसम्मको दुःख दिएर । आखिर कमजोर शरीरले माइतीको आस गर्यो तर माइतीघर यति बिरानो बन्यो कि उनको घाउमा मलम होइन, नुन् छर्किदियो । अन्ततः अन्जानमै उनले काठमाडौं शहर रोजिन् ।

आखिर आमाको मन न हो काठमाडौं आएपछि पनि छोराको यादले सतायो, मातृत्व जाग्यो । एउटै मात्र सन्तान छोराको हालखबर बुझ्न मन लाग्यो । चिनेजानेकाबाट छोराको खोजी गरिन् । काठमाडौंकै असनमा छोरा फेला पनि पर्यो ।

तर छोरा अझै छोरा बनेन । छोरालाई कर्तब्यबोध सम्म हुन सकेन, जन्मदिने आमा हुन् भन्ने हेक्कासम्म बाँकी रहेन । उनी फर्किन्, आफ्नै संसार वसन्तपुर दरबार स्क्वार, जहाँ आफ्नो भन्नु त्यही एउटा कालो कुकुर छ, सहारा दयालु बटुवा । दैनिकी उस्तैगरी बितिरहेको छ, दिनभरी माग्नु अनि दिन ढलेसंगै सम्झनाले मन रुझाउँदै उज्यालो पर्खनु ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com