Follow @khasokhasmag

यी छात्रा हनु यस वर्ष एसइइको नेपाल टपर धेरै धेरै बधाई छ यि नानीलाई


प्रकाशित मिति : असार १०, २०७५ आईतबार

यस बर्षको एसइइ परिक्षामा पर्वतको कुस्माबजार स्थित कालीगण्डकी एकेडेमीकी छात्रा अञ्जली पुरीले नेपाल टप गरेकी छन ।

छात्रा पुरीले सबै बिषयमा ए प्लस सहित ४.०० जिपीए अंक सहित एसइइ उर्तीण गरेका कारण नेपाल टप गरेको दाबी बिद्यालयले गरेको हो ।
अहिले सम्म ४.०० जिपीए अंक ल्याउने बिद्यार्थी अञ्जली मात्र देखिएकी छन । ‘अञ्जलीले नेपाल टप गरेको हाम्रो दाबी छ’ बिद्यालयका प्रिन्सीपल बसन्तकुमार कर्माचार्यले बताए ।

सानै देखि प्रतिभावान छात्रा अञ्जली छात्रबृत्तिमा अध्ययन गर्दै आएकी थिइन । उनका बुवा देबेन्द्र पुरी बहिरा छन भने आमा तुल्सी पुरी पनि बहिरा संघ बागलुङ्गमा कार्यरत छन । उनले एनसर नेपालको पुुर्ण छात्रबृत्तिमा अध्ययन गर्दै आएकी थिइन । पर्वतकै मोदी गाउँपालिका वडा नं ६ गिज्यानका स्थायी बासिन्दा पुरी परिवार पछिल्लो समय कुस्मा नगरपालिका वडा नं ७ मा बस्दै आएका छन ।

कालीगण्डकी एकेडेमीबाट परिक्षा दिएका अन्य बिद्यार्थीमा एक जनाले ३.९५ जिपिए र ६ जनाले ३.९० जिपीए, ३.८५ ६ जना, ३.८० जिपीए ३ , ३.७५ २ जना, ३.७० ४ जना, ३.६५ २ जना, ३.६० ५ जना र ३.५ मा २ जना जिपीए सहित उर्तिण भएका छन ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com