सेनाका मेजर लागु औषध धन्दामा !


प्रकाशित मिति : असार १०, २०७५ आईतबार

बाँकेको राप्तीसोनारी गाउँपालिका ९ ढकेरीबाट नेपाली सेनाका मेजर लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी बाँकेबाट खटिएको प्रहरीको विशेष टोलीले शनिबार साझ नेपाली सेनाका मेजर धिरेन्द्रजंग शाहीलाई पक्राउ गरेको हो । ढकेरीमा रहेको एवान कटेजबाट मेयरसँगै ब्राउन सुगर कारोबारी रिम पौडेल पनि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा शाखाका प्रहरी निरीक्षक रणबहादुर विष्टले धिरेन्द्रजंग शाही र रिम पौडेल पक्राउ परेको पुष्टि गरे । प्रहरी स्रोतका अनुसार शाहीले आफु सेनाको मेजर भएको बताएपनी परिचय खुल्ने कागज भने देखाएका छैनन् । उनीहरुको साथबाट ५४ ग्राम लागुऔषध ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी बाँके स्रोतले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका शाहीले आफू नेपाली सेनाको मेजर रहेको र बाँके राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको श्री मेयर गण शम्सेरगञ्जमा कार्यरत रहेको बताएका छन् । मेजर शाही ब्राउन सुगर खरिद गर्न ढकेरी गएको गोप्य सूचनाको आधारमा प्रहरीले कटेजमा छापा मारेको थियो । पक्राउ परेका पौडेल लागुऔषधको ठूलो कारोबारी भएको बताइन्छ । उनीहरु दुवै जनालाई प्रहरीले हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com