बिहेको भोजमा मासु चाख्ने क्रममा अड्किएर होमबहादुरको मृत्यु, खुसियालीमा छायो सन्नाटा
प्रकाशित मिति : असार ९, २०७५ शनिबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2018/06/dead-body.jpg?fit=783%2C367&ssl=1)
बिहेको भोजमा मासु चाख्ने क्रममा अड्किएर विदुर नगरपालिका–१३ का ६० वर्षीय होमबहादुर कोइरालाको आज मृत्यु भएको छ ।
आफन्तको बिहेको भोजमा मासु खाँदा अड्किएर उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिनुभयो । हाड घाँटीमा अड्किएपछि उपचारका लागि त्रिशूली जिल्ला अस्पतालमा ल्याउने क्रममा कोइरालाको बाटामै मृत्यु भएको प्रहरीले जनाएको छ ।